पवित्र चाड दशैं

0
644

धन्य दशैं वर्ष दिनमा घर–घरमा आयौ
कहाँको मानिस कहाँ–कहाँ दशैंमा पुग्ने भयौ
कस्तो राम्रो आशीर्वाद दशैंमा हामी पाउँछौं
कस्तो राम्रो जमरा र टिका हामी सब लाउँछौं

दशैं हाम्रो परम्परा पहिलेदेखि आएको
दशैं हाम्रो पवित्र चाडलाई सवले मान्दै आएको
सुख–दुःख जे भए पनि दशैंमा सब खुशी नै भएको
बाटाघाटा सबैतिर चलह–पहल कस्तो राम्रो भएको

चाडपर्व सबैलाई अति प्यारो हुन्छ
खानपान लुगावस्त्र सबैको नयाँ–नयाँ रहन्छ
सबैतिर शंख–घण्ट बाजा भजन हुन्छ
दुर्गा भवानी देवीको पूजापाठ हुन्छ
यस्ता हाम्रा पवित्र चाडलाई अजर अमर राखौं
यस्ता हाम्रा पवित्र चाडमा सबै खुसी रहुँ ।

– युवराज मिश्र
कनपा–९ घैलाडुब्बा, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here