सर्पले डस्दा एक ब्यक्तिको मृत्यु

0
1034

दाङ।

सर्पले डस्दा दाङमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर बिरामी भएका छन् ।

घोराही उपमहानगरपालिका –१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरीको डुमिनी नामक सर्पले डस्दा मृत्यु भएको हो । बिहीबार बेलुकी खेतमा मसुरो छर्ने क्रममा सर्पले डसेर बिरामी भएका चौधरीको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै, दाङको शान्तिनगर गाउँपालिका वडा न.२ बाघमारेका ६० वर्षीय रामबहादुर रावत सर्पको टोकाइबाट गम्भीर बिरामी हुनु भएको छ । आफ्नै घरको बरान्डामा बसिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा सर्पले टोकेको थियो ।

बिरामी रावतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here