सेल्फी खिच्ने क्रममा लडेर एक पर्यटकको मृत्यु

0
712

एजेन्सी ।

दुर्गा पूजाको खुशियाली मनाउन र घुम्नका लागि दार्जीलिङ आएका एक आन्तरिक पर्यटकको सेल्फी खिच्ने क्रममा ज्यान गएको छ। दार्जीलिङमा सञ्चालित टोएट्रेनमा सवार आन्तरिक पर्यटक बंगाल हुगली जिल्लास्थित विषडाका प्रदीप सक्सेनाको मृत्यु भएको हो।

घूम र सोनादा रेलवे स्टेशन नजिकै सेल्फी लिने क्रममा सक्सेना खसेर घाइते भएका थिए। दार्जीलिङ प्रहरीका अनुसार सदर अस्पतालमा प्राथमिक उपचार पछि उनलाई उत्तर बङ्गाल अस्पताल रेफर गरिएको थियो।

तर, गम्भीर घाइते सक्सेनाको उपचारका लागिग लाने क्रममा बाटैमा मृत्यु भएको हो। श्रीमती र छोरीसँग घुम्न दार्जीलिङ आएका थिए सक्सेना। मृतकको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको दार्जीलिङ हिमालयन रेलवेले जानकारी दिएको छ।

दार्जीलिङका मनोरम दृष्य हेर्न र टोएट्रेन चढ्नकै लागि वर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। मानवीय असावधानीका कारण यस प्रकारका दुर्घटना कहिलेकाही हुने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here