नेपालगञ्ज,
बाँकेमा फौजी किराको प्रकोप बढेको छ । फौजी किराले किसानको पाक्न लागेको धानबालीमा क्षति पु¥याएको छ ।
फौजी किराको प्रकोप बढेको किसानको गुनासो आएपछि आज कृषि ज्ञान केन्द्र र डुडुवा गाउँपालिकाका कृषि प्राविधिकले किसानका धानखेतको अनुगमन गरेका थिए ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार, डुडुवा गाउँपालिकाको हिरमिनिया र कम्दी तथा राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर र बिनौनामा फौजी किराको बढी प्रकोप देखिएको छ ।
झण्डै ५ देखि ८० प्रतिशत धानबाली फौजी किराले नोक्सान गरेको ढकालले बताउनुभयो ।अनुगमनका क्रममा टोलीले किसानलाई फौजी किरा मार्न विषादीसमेत दिएको छ ।
साथै किसानलाई फौजी किराको प्रकोप रोकथामका लागि धानबालीमा मट्टीतेल छर्किन, खेतमा पानी हाल्न र पाकेको धान काट्नका लागि सुझावसमेत दिएको ढकालले बताउनुभयो ।































