जबरजस्ती करणीको आरोपमा झापामा एक ब्यत्ति, पक्राउ

0
860

झापा ।

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

झापाको मेचीनगर नगरपालिकामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय युवराज बराइली पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

दशैको समयमा कोही नभएको मौका पारेर बराइलीले बालिकालाई जबरजस्ती करणी गरेको बताइएको छ । पीडितकी आमाले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि तत्कालै प्रहरी टोली गएर पक्राउ गरी अनुसन्धान सुरु गरिएको श्रेष्ठले बताए ।

बालिकाको स्वास्थ्य परीक्षण मेची अञ्चल अस्पताल भद्रपुरमा भएको समेत जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here