राजनीतिक विज्ञान र संगीतको विज्ञानलाई जोड्न भण्डारीको पहल

0
982

झापा,
नेपालको राजनीतिक विज्ञान र संगीतको विज्ञानलाई जोड्ने पहल थालिएको छ । नेपालको राजनीतिक आन्दोलमा गीत संगीतको भूमिका महत्वपूर्ण रहेको भन्दै संगीतकार टीका भण्डारीले यस्तो पहल शुरु गरेका हुन् । जसका लागि झापाको मेचीनगरमा संगीतकार भण्डारीले ‘नेपालको राजनीतिमा प्रगतीशील गीतको भूमिका’ विषयक कार्यक्रमको आयोजना गर्दै २०४६ सालसम्मका गीतलाई आधार बनाएर झापालीसंग राय सुझाव लिने भएका हुन् ।
रेडियो नेपालका उप निर्देशक समेत रहेका संगीतकार भण्डारीले आफ्नै गृह जिल्लाबाट यो अभियानको शुरुवात गरेका हुन् । कार्यक्रम झापाको धुलावारीमा असोज २७ गते आयोजना गरिदैछ ।
गीत भित्र के त्यस्तो तत्व हुन्छ , के तत्वले समाज परिर्वतन, राजनीतिक परिर्वतन र जीवन नै परिर्वतनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ त्यो विषयमा छलफल हुने संगीतकार भण्डारीले बताउनुभयो ।
कार्यक्रममा झापाका प्रवुद्ध वर्गको सहभागीता रहेने छ । धुलावारीस्थित उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम हुने भएको हो ।
पहिलो चरणमा झापामा सुझाव संकलनपछि मोरङ, सिन्धुपाल्चौक , काठमाडौं लगायतका जिल्लाहरुसमेत तथ्याङ संकलन गरिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here