भारतीय रियालिटी शोमा गरिने नृत्य बिर्तामोडमा सिकाइने

0
1011

बिर्तामोड

पछिल्लो समय चर्चित विदेशी रियालिटी शोहरुमा नेपालीले सहभागिता जनाउने क्रम बढेर गएको छ । कति त बिजेता समेत बनेका छन् भने धेरैको चर्चा समेत बढेको छ ।

भौगोलिक तथा अन्य सहजताका कारण अन्य देशको तुलनामा भारतीय रियालिटी शोहरुमा नेपालीको सहभागिता समेत बढेको छ । नेपालमा भनेजस्तो नृत्य सिक्ने नृत्य प्रशिक्षण नहुँदा भारतमै सिकेर भए पनि भारतीय रियालिटी शोहरुमा नेपालीहरुले सहभागिता जनाउने गरेका छन् ।

अब भने झापा लगायत नेपालका विभिन्न स्थानका सबै उमेर समूहकाले झापाको बिर्तामोडमा भारतीय रियालिटी शोहरुमा गरिने नृत्य सिकेर भारतीय रियालिटी शोहरुमा भाग लिन पाउने भएका छन् । झापाको बिर्तामोडमा सोमवारबाट अनवर्स डान्स स्टुडियो सञ्चालनमा आएसँगै उनीहरुले उक्त अवसर पाउने भएका हुन् । भारतिय रियालिटी शोहरुमा कोरियोग्राफी गरेका नृत्य प्रशिक्षक अनवर हुसेनले सञ्चालनमा ल्याएको अनवर्स डान्स स्टुडियोमा भारतीय रियालिटी शोहरुमा गरिने नृत्य सिकाइने र त्यसको अडिशन समेत गरिने भएको छ ।

त्यस्तै हिपअप, कल्चर, साल्सा, जुम्वा, स्ट्रिट डान्स स्टाइल लगायतका सवै प्रकारका नृत्य सिकाइने र हिपअप इन्टरनेसनल रियालिटी शोको अडिसन समेत गराइने बताइएको छ । बिर्तामोड भद्रपुर रोडमा रहेको अनवर्स डान्स स्टुडियोको उद्घाटन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष राजु न्यौपाने, व्यवसायी लव घिमिरे लगायतले गरे ।

अनवर्स डान्स स्टुडियोका सञ्चालक अनवर हुसेनको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराई, उपाध्यक्ष न्यौपाने, व्यवसायी घिमिरे, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड सभापति सजेश शिवाकोटी, झापा जिल्ला नृत्य कलाकार संघका अध्यक्ष एलसी श्रेष्ठ, उपाध्यक्ष कृष्ण तामाङ, सचिव अमन गुप्ता लगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन अनवर्स डान्स स्टुडियोका टिम मेम्वर रोशन गहतराजले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here