झिलझिले ।

दोस्रो आमन्त्रित झापा जिल्लाव्यापी जुनियर कराते प्रतियोगिता झापाको शिवसताक्षी नगरपालिका झिलझिले ११ को कबडहलमा हुने भएको छ।
झिलझिले शितोरियो कराते डोजोको आयोजना, शिवसताक्षी नगरशितोरियो कराते संघको सह- आयोजना, शिवसताक्षी नगर खेलकुद विकास समितिको संयोजन र झापा जिल्ला कराते टेक्निकल कमिटिको प्राविधिक सहयोगमा आउदो कार्तिक २ गते शनिवारका दिन झापा जिल्लाव्यापी एक दिवावषीय कराते प्रतियोगिता समपन्न हुने आयोजक समिति संयोजक दुर्गा उप्रेतिले बताएका छन ।

उक्त प्रतियोगितामा आमन्त्रित डोजोका २ सय खेलाडिहरु सहभागि हुने आयोजक कमिटी सचिव प्रशिक्षक राम देवानले बताए । प्रतियोगितामा महिला २० के.जि तौल समूह देखि ५५ के.जि तौल समूह, पुरुष तर्फ २० के जी तौल समूह देखि ६० के.जि तौल समुहका खेलाडी सहभागी हुने र काता जुनियर मात्र हुने आयोजक कमिटिले जनाएको छ।
झापा टेक्निकल कमिटीका उपाध्यक्ष तथा एसिएन रेफ्री कुमार उप्रेतिको रेफ्री संयोजक र राष्टिय खेलकुद प्रशिक्षक दुर्गा राज निरौला ,एसियन रेफ्री बिष्णु नेम्वाङको प्राविधिक सहयोग रहने झापा टेक्निकल कमिटी सचिव तथा शिवसताक्षी कराते संघ नगर अध्यक्ष जगन कार्की (दुर्वासा)ले जानकारी दिनुभयो ।

खेल विभिन्न संघ -संस्था लगायत शिवसताक्षी नगर खेलकुद विकास समितिको आर्थिक सहयोगमा सम्पन्न हुने भएको छ। दुर्गा प्रसाद उप्रेतिको संयोजनमा ९ सदस्यीय आयोजक कमिटी बनेको छ भने कराते संघ नगर अध्यक्ष जगन कार्कीको संयोजन र कराते संघ नगर उपाध्यक्ष अशोक राइको सह संयोजनमा ७ सदस्य सल्लाहकार समिति तय भएको छ।


























