मिशन बिर्तामोड’ को प्रिमियर शो झापाको बिर्तामोडमा

0
717

झापा ।

समाजमा व्याप्त लागूऔषध दुव्र्यसनविरुद्ध निर्माण भएको लघु चलचित्र ‘मिशन बिर्तामोड’ को प्रिमियर शो झापाको बिर्तामोडमा गरिने भएको छ ।

‘लागुऔषध तथा दुव्र्यसन जरैबाट हटाऔँ, सभ्य बिर्तामोडको निर्माण गरौँ’ भन्ने उद्देश्यका साथ बिर्ता मिडिया एन्ड इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण गरिएको लघु चलचित्र ‘मिसन बिर्तामोड’ को प्रिमियर शो शनिवार अतिथिसदनमा गरिने चलचित्र टिमले जानकारी दिएको छ ।

६ महिना अघिबाट बिर्तामोड र बुधवारेमा छायाङ्कन भएको चलचित्र मिशन बिर्तामोड ८ लाख रुपैयाँको लगानीमा तयार भएको र चलचित्र एकघण्टा २९ मिनेटको रहेको चलचित्रका निर्माता राजन थापाले बताए ।

इलाम, पाँचथर, ताप्लेजुङबाट बिर्तामोडमा आएर अध्ययन गर्ने बिद्यार्थी र विभिन्न काम गर्ने किशोर किशोरी कसरी लागूऔषद दुव्र्यसनमा फस्छन् भन्ने बिषय चलचित्रमा देखाउन खोजेको चलचित्रका लेखन तथा निर्देशक राज सुब्वा लावतीले बताए ।

चलचित्र मिशन बिर्तामोडको निर्माता राजन थापा र समूह, कार्यकारी निर्माता एलसी श्रेष्ठ , सह निर्माता अर्जुन मेचे , सन्तोष खवासको द्वन्द्व , सुवास लिम्बूको सिनेमाटोग्राफी , पदम तामाङको मेकअप रहेको छ ।

चलचित्र मिशन बिर्तामोडको कलाकार राजन थापा, रमेश बोहरा, राज शेर्मा, कृष्ण तामाङ, विक्रम गेलाल, प्रताप सुनुवार, सेजल कडरिया, चन्द्र राजवंशी र पेम्वा लामाको वरिपरि कथा केन्द्रित रहने बताइएको छ । चलचित्र मिशन बिर्तामोडको अन्य कलाकारहरुमा राजु गौतम, एलसी श्रेष्ठ रीना तामाङ, राज शर्मा, चेतन खतिवडा चन्दन राजवंशी, आश्मा तामाङ, तुलसा प्रधान लगायत रहेका छन् ।

त्यस्तै विशेष सहयोगीमा रमेश चौधरी, प्रकाश गुरुङ र याम लिम्बू रहेका छन् । कार्यक्रको सहजीकरण कलाकार तथा बिर्ता मिडिया एन्ड इन्टरटेन्टमेन्टका निर्देशक एलसी श्रेष्ठले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here