भिटामिन ‘ए’ र जुकाको औषधि आजदेखि खुवाइने

0
910

विराटनगर,

छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज र भोलि खुवाइने भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाइने मन्त्रालयका स्वास्थ्य महाशाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत केसु काफ्लेले जानकारी दिनुभयो ।

जुकाका औषधि एक वर्षमाथि पाँच वर्ष मुनिकालाई खुवाइने तयारी भएको हो । भिटामिन ‘ए’ प्रदेशभरिमा चार लाख ४२ हजार ८०२ लाई र जुकाको औषधि तीन लाख ८९ हजार ९३३ लाई खुवाउन आठ हजार ९७० महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here