चोरीमा संलग्न युवक तीन वर्षपछि पक्राउ

0
498

सोलुखुम्बु,

चोरीमा संलग्न एक युवकलाई तीन वर्षपछि सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ।

सोलुदूधकुण्ड नगरपालिका १ टाक्सिन्दुका रोशन तामाङलाई प्रहरीले पक्राउ परेको हो। २०७३ साल असार २७ गते खुम्बु पासाङ ल्हामु गाउँपालिकामा भएको चोरी मुद्दामा सलग्न रोशन तामाङलाई गाउँमै लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरी सल्लेरी ल्याएको डिएसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए।

उनलाई जिल्ला अदालत सोलुखुम्बुले मुद्दामा संलग्न भएको प्रमाणित गर्दै कैद सजायसहित २७ हजार ९९५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। तर तामाङ भने फरार रहेका थिए।

टाक्सिन्दुबाट पक्राउ परेका तामाङलार्ई जिल्ला अदालत सोलुखुम्बुमा पेस गरी कारवाही प्रक्रिया अगाडि बढाएको डिएसपी चिमरियाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here