वेश्यावृत्ति गराउनेलाई कारागार पठाउन आदेश

0
975

भक्तपुर,

महिला तथा किशोरीलाई प्रलोभनमा पारी घरमै यौनशोषण गर्ने र गराउँदै आएको अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जनालाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले आज जानकारी दिएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मेलचोक घर भई हाल मध्यपुरथिमि–९ बोडेमा घर भाडामा बस्दै २५ वर्षीय सञ्जय भन्ने राजेश गिरी, मध्यपुरथिमि चपाचो घर भई बोडे बस्ने ५० वर्षीय श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापति र धादिङ फुलखर्क गाउँपालिका–४ घर भई बोडेमा डेरा गरी बस्ने २९ वर्षीया सोनिया तामाङ भन्ने सविना तामाङ (गुरुङ) रहेका छन् ।

पक्राउ परेकाहरुले मध्यपुरथिमि नगरपालिका–९ बोडे सिन्टीटारस्थित श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापतिलगायतले विभिन्न पुरुष बोलाई मादक पदार्थ सेवन गराई महिला तथा किशोरीलाई वेश्यावृत्तिमा लगाउने गरेको पीडित महिलाको उजुरीको आधारमा प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले छापामा मारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

महिला तथा किशोरीलाई समेत मादक पदार्थ सेवन गराई जबर्जस्ती यौनकार्यमा संलग्न गराउने र यौन शोषण गर्ने गरेको उजुरीलगत्तै प्रहरीले गत भदौ २३ गते पक्राउ गरी मुद्दा चलाएको उहाँले बताउनुभयो ।

जिल्ला अदालत भक्तपुरले हिजो तीनै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि प्रहरीले जगन्नाथदेवल कारागार काठमाडौँ पठाएको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here