भद्रपुर ।
भारतको विहारसँग जोडिएको झापाको सीमा नाका ४८ घण्टा बोर्डर सिल हुने भएको छ । आज_ शनिवार बेलुका ५ बजेदेखि सोमबार बेलुका ५ बजेसम्म बोर्डर सिल हुन लागेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यम कुमार श्रेष्ठले जानकारी दिए ।
विहार राज्य स्थित किशनगञ्ज जिल्लामा अक्टोबर २१ तारिख अर्थात् कार्तिक ४ गते हुने विधानसभाको उपनिर्वाचनका हुँदैछ । उपनिर्वाचनलाई मध्यनजर गरी भद्रपुरसँग जोडिएको विहार बोर्डर ठप्प हुनेछ, भने बङ्गला बोर्डर खुल्ला रहने जनाइएको छ । भद्रपुरसँगै झापाको पाठामारी, केचना, घेराबारी, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका पनि सिल हुने भएको छ । किशनगञ्जमा हुने उपनिर्वाचनलाई मध्यनजर गरी दुई साता अघि गलगलियामा नेपाल –भारतका सुरक्षा निकाय बिच बैठक बसेको थियो ।
सोही बैठकमा बोर्डर सिल गरी निर्वाचन सुरक्षामा सहयोग पुराइदिन भारतीय सुरक्षा निकायका प्रमुखले झापाका सुरक्षा प्रमुखसँग आग्रह गरेका थिए ।
निर्वाचनमा बोर्डर सिल गर्ने विषयमा झापाका सुरक्षा निकायले पनि सहमति जनाएको थियो । यता किशनगञ्जमा उपनिर्वाचन हुन लागेपछि सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले उच्च सतर्कता बढाइएको छ ।































