पूर्वाञ्चलकर्मी खरेल र साहित्यकार घिमिरे सम्मानित

0
649

सुरुङ्गा ।

कनकाई सुरुङ्गा प्रेस क्लबका संस्थापक अध्यक्ष एवम् पूर्वाञ्चल दैनिकका कनकाई नगर सम्वाददाता तीर्थराज खरेल र साहित्यकार गोविन्दप्रसाद घिमिरे सम्मानित भएका छन् ।

कनकाई सुरुङ्गा प्रेस क्लबको पाँचौं वार्षिकोत्सवको अवसर पारेर पत्रकारिताको माध्यमबाट नगरको विकासमा पु¥याएको योगदानको कदर गर्दै खरेल सम्मानित भएका हुन् । त्यसै गरी, कवि घिमिरेलाई साहित्यमार्फत समाज परिवर्तनमा खेलेको भूमिकाको मूल्यांकन गर्दै सम्मान गरिएको थियो ।

दुवै जनालाई दोसल्ला, सम्मानपत्र र जनही नगद ८ हजार ५ सयसहित कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले सम्मान गरे । प्रमुख अतिथि पोखरेलले समाज रुपान्तरणमा साहित्य र पत्रकारिताको अहम् भूमिका रहेको भन्दै दुवैको स्तरवृद्धिमा स्थानीय सरकारले समेत सहयोग गर्ने बताए ।

सम्मानित व्यक्तित्व तीर्थराज खरेलका बारेमा पत्रकार लीलाराज झापाली तथा गोविन्दप्रसाद घिमिरेको बारेमा डिल्लीराम घोर्साईले परिचय गराएका थिए । कनकाई सुरुङ्गा प्रेस क्लबका अध्यक्ष रामप्रसाद निरौलाले औचित्यमाथि प्रकाश पार्दै समाचार लेखनका लागि सूचनाको पहुँचका लागि स्थानीय सरकारसँग अनुरोध गरेका थिए ।

सो अवसरमा सुरुङ्गाबाट प्रकाशित भइरहेको ‘कनकाई खबर साप्ताहिक’ को वार्षिक विशेषांकको साप्ताहिक पत्रिका सञ्जाल झापाका अध्यक्ष तीर्थ सिग्देलले समीक्षा प्रस्तुत गरेका थिए ।

कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष कोमलप्रसाद पोखरेल, महाकाव्यकार मित्रप्रसाद दाहाल, रोटरी क्लब अफ सुरुङ्गाका इन्कमिङ प्रेसिडेन्ट टीकाप्रसाद जमरकट्टेल, कनकाई खेलकुद प्रतिष्ठान (कासा) का अध्यक्ष दुर्गाप्रसाद प्रसाई, ज्ञानज्योति युवा क्लबका अध्यक्ष नारायण भेटवाल, लायन्स क्लब सुरुङ्गाका प्रेसिडेन्ट गंगाराम दाहाल, सुरुङ्गा जेसीजकी कार्यकारी उपाध्यक्ष सुष्मा उप्रेती, युवा साहित्यकार अच्युत घिमिरे लगायतको आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि पोखरेल, सम्मानित व्यक्तित्व गोविन्दप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरी, सचिव सन्तोष आचार्य, कनकाई नगरपालिका वार्ड नम्बर ४ का वडाध्यक्ष तथा कनकाई नगरपालिकाका प्रवक्ता गोविन्दप्रसाद पौड्याल, कनकाई सुरुङ्गा प्रेस क्लबका सल्लाहकार एवम् कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्यामप्रसाद ओली, जामुनावारी सामुदायिक वन समूहका अध्यक्ष ख्यामराज सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

क्लबकी उपाध्यक्ष संगीता उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मनोज बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here