एजेन्सी ।
एइबरलाई तीन-शून्यले हराउँदै स्पेनिस ला लिगामा बार्सिलोनाले शानदार जित दर्ता गरेको छ ।
लियोनल मेस्सी, लुइस स्वारेज र एन्टोइन ग्रिजमनले शानदार एक एक गोल गरेसँिगै बार्सिलोनाले एइबरलाई तीन-शून्यले हराउन सफल भएको हो । एइबरले घरेलु मैदानमा नै निकै कोशिस गरेता पनि खाता नै खोल्न नसकी लज्जास्पद पराजय बेहोर्न बाध्य भएको हो ।
खेलको सुरुवातामा नै खाता खोलेको बार्सिलोनाले खेलको अन्तिम समयसम्म एइबरलाई दबाबमा राखी रह्यो । खेलको १३औंँ मिनेटमा नै ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
त्यस्तै खेलको ५८औंँ मिनेटमा ग्रिजमनको पासमा मेस्सीले गोल गर्दै बार्सालाई २–० को अग्रता दिलाए भने खेलको ६६औं मिनेटमा मेस्सीको पासमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई ३–० को जित निकाल्न बार्सिलोना सफल भएको हो । गएरातीको जितसँगै बार्सिलोना तालिकाको शीर्षस्थानमा पुगेको छ ।


























