बसमा चोरी गर्ने दुई महिला प्रहरीको फन्दामा

0
896

झापा।

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको कांकरभिट्टा–बिर्तामोड सडक खण्डमा सवारी साधनमा चोरीका घटना हुने गरेको पाइएको छ ।

बसमा यात्रा गर्ने क्रममा अर्जुनधारा नगरपालिका–२ की ४० की बिमला रोक्का सार्कीको ब्यागबाट एक लाख रुपैया चोरी गर्ने दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएसंगै चोरी घटना हुन थालेको खुलेको हो ।

सोमबार मेचीनगर नगरपालिका–१३ स्थित चारआली चौकमा पुगेपछी आफुसंग भएको पैसा चोरी भएको थाहा भएपछि बिमलाले प्रहरी चौकी चारआलीमा दिएको हुलिया अनुसार खोज तलास तथा चेकजाँच गर्ने क्रममा सोही स्थानमा रहेको मेट्रो पेट्रोल पम्प नजिकै बाट काकड्भिट्टा तर्फ टेम्पोमा चडेर जान लागेको अवस्थामा उनीहरुलाईपक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा भारत पानिट्याङकी घर बताउने २५ वर्षीया पुजा गुल्ठा र सोही उमेरकी कविता मण्डल रहेका छन् । उनीहरुको साथबाट चोरी भएको झोला तथा एक लाख रुपैंया नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

चाडपर्वमा किनमेलमा लागि जाने र विशेष गरेर महिलालाई निशानामा पारेर मोबाई, पैसा, गरगहना लगायतका सामान चोरी गर्ने गरिएको पाइएको छ । त्यस्तो चोरीमा संलग्न महिला नै भएकाले उनीहरुले महिलालाई नै धेरै निसाना बनाउने गरेको प्रहरीले जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बढी भिडभाड हुने स्थान, सवारी साधनमा यात्रा गर्दा विशेष सावधानी अप्नाउन सुझाव दिएका छन् । उनले चोरी भए वा चोरी गरेको शंका लागे तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here