गायक दुर्गेश थापा पक्राउ

0
817

काठमाडौं,

तिहारसम्बन्धी विवादस्पद गीत सार्वजनिक गरेका गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ। थापालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बालाजुबाट पक्राउ गरेको हो।

गायक थापा ‘ह्याप्पी तिहार, चिसो बीयर’ बोलको गीतका कारण विवादमा तानिएका हुन्। यो गीतमा रक्सी, गाँजालगायत खान प्रोत्साहन दिने गरी म्युजिक भिडियो सार्वजनिक गरेपछि विवादमा तानिएका थिए।

उनलाई पक्राउ गरेर अनुसन्धानअघि बढाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले थापाले जानकारी दिए।

छ माया छपक्कै फ्लिमको प्रमोसनल गीतमा पनि उनी विवादमा तानिएका तिए भने तीजमा सार्वजनिक गरिएको ‘हामी पनि नाच्नु पर्छ बीच-बीचमा’ गीत लोकप्रिय भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here