करेन्ट लागेर एक जनाको मृत्यु

0
519

पाँचथर,

जिल्लाको कुम्मायक गाउँपालिकामा करेन्ट लागेर सोमबार पाल्पाको रुप्से गाउँपालिका–९ का ईश्वर सारु मगरको मृत्यु भएको छ।

कुम्मायक–३ स्थित हाङथुवामा बिजुलीको काम गर्ने क्रममा निजलाई करेन्ट लागेको थियो।

करेन्ट लागि सख्त घाइते भएका मगरलाई उपचारका लागि पाँचथर अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here