नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना संखुवासभाबाट पक्राउ

0
467

संखुवासभा,

नेपाली सेनामा लगाइदिन्छु भनेर पैसा ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चिचिला गाउँपालिका–१ बस्ने राजु भन्ने राजकुमार राई रहेको जिल्ला प्रहरी कर्याालय संखुवासभाका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष राईले बताउनुभयो ।

उहाँका अनुसार, नेपाली सेनामा भर्ना गराइदिने प्रलोभनमा पारेर उम्मेदवारको आमासँग एक लाख २० हजार रुपैया मागेको, त्यसमा दुवै जना बीच ८० हजार रुपैयामा सहमति भइ ५० हजार रुपैया लेनदेन समेत भएकाे थियाे ।

बराहदल गुल्म, खाँदबारी ब्यारेक संखुवासभामा आएकाे सूचनाको आधारमा ठगी गर्ने राजु भन्ने राज कुमार राईलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राईले बताउनुभयो ।

नियन्त्रणमा लिइएका राजकुमारको साथबाट ५८ हजार रुपैयाँ समेत बरामद गरिएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र त्यसपछि जिल्ला अदालत चैनपुर पठाइने पनि इन्सपेक्टर राईले जनाउनुभएको छ ।बराहदल गुल्म खाँदबारी ब्यारेकले गएको साउन १६ गते देखि भदौ २३ गते सम्म विज्ञापन आह्वान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here