झापा ।

वैदेशिक रोजगार विभागले सबै म्यानपावर कम्पनीलाई पछिल्लो विवरण बुझाउन सात दिनको समय दिएको छ ।
इजाजत प्राप्त म्यानपावर संस्थाले सञ्चालक र कर्मचारीको विवरण तयार पारी सात दिनभित्र नबुझाएमा कारोबार रोक्का गरिने पनि विभागले जनाएको छ । नियमन गर्न सजिलो हुने भन्दै विभागले धरौटी बढाएर म्यानपावरको संख्या घटाउँदै अनुगमन प्रभावकारी बनाएको छ ।
म्यानपावरको अनुगमनका लागि विभागले छुट्टै निर्देशिका नै बनाएको छ । प्रहरीले ‘फ्रि भिसा फ्रि टिकट’का नाममा वैदेशिक रोजगारीमा जानेहरुलाई ठग्ने व्यक्तिमाथि निगरानी बढाएको जनाएको छ । झापासहित देशभरका म्यानपावरमाथि निगरानी बढाएको बताइएको छ ।
खाडीका ६ वटा मुलुक र मलेसियामा निःशुल्क भिसा र टिकटको नीति लागू भए पनि म्यानपावर व्यवसायीले लाखौं रकम लिँदै आएको पीडितहरुको गुनासो छ । बढी पैसा तिर्नु परे पनि कामदारले बिल (रसिद) भने पाउँदैनन् । ‘फ्रि भिसा फ्रि टिकट’का नाममा म्यानपावरले १० हजारको बिल दिएर लाखौं रकम लिएको पीडितहरुले बताउँदै आएका छन् । यस्तो गुनासो तथा उजुरी लिएर दैनिक रुपमा पडितहरु प्रहरीसम्म पुग्ने गरेपनि कारबार्हीको दायरामा नआउदाँ म्यानपावर ब्यवसायीको मनपरी बढ्दै गएकोबताइएको छ ।
म्यानपावरबाट ठगिएको, विदेशमा एउटा काम भनेर अर्कोमा लगाउने गरेको, पीडितले न्याय माग्दा उल्टै धम्की दिने गरेको गुनासो लिएरप्रहरी समक्ष पुग्ने युवायुवतीको संख्या बढ्दै गएको भन्दै अब तत्काल देशभरका म्यानपावर कम्पनीहरुको अनुगमन गरिने बताइएको छ ।
प्रहरी अनुसन्धानका क्रममा म्यानपावरले अभिमुखीकरण, स्वास्थ्य परीक्षण, पुलिस रिपोर्ट बनाउने काममा समेत ठगी गरेको विभिन्न घटनामा देखिएको छ । विभिन्न घटनाको अनुसन्धानका क्रममा राम्रो तलब र सुविधासहितको फाइल श्रम विभागबाट स्वीकृत गराएर ल्याउने तर पछि वैदेशिक रोजगारीमा जाने व्यक्तिसँग सम्झौता गर्दा कम तलबको सम्झौता गरेको समेत पाइएको प्रहरीले जनाएको छ ।
श्रम विभागले समेत पीडितहरुका विषयमा ठोस कदम नचालेको पीडितहरुले गुनासो गर्दै आएका छन् । सरकारले ०७२ असारबाट खाडी तथा मलेसिया जाने कामदारले म्यानपावर कम्पनीलाई सेवा शुल्कबापत १० हजार रुपैयाँमात्रै दिनुपर्ने नीति कार्यान्वयनमा ल्याएको थियो । सरकारले नीति बनाए पनि कार्यान्व्यन गर्न नसक्दा क्यानपार कम्पनीहरुको मनपरी बढ्दै गएको बताइएको छ । म्यानपावर व्यवसायका विकृति, विसंगति नियन्त्रणका लागि गोप्य टोलीसमेत परिचालन गरेको बताइएपनि झापामा अनुमति प्रप्त बाहेकका म्यानपावरहरु समेत बोर्ड नराखि गोप्य रुपमा सञ्चालन भइरहेको तथा स्वीकृत प्राप्त म्यानपारसंगै टेबुल किनेर कामदारहरुको पठाउनका लागि काजगात संकलनमा ब्यस्त रहेको स्रोतले जनाएको छ ।
विभागले अनुगमन गर्ने बताएपनि झापामा भने अनुगन गर्नु पूर्व नै सुचना पुग्दा अवैध रुपमा सञ्चालनमा रहेका म्यानपावरहरु उम्कने गरेको बताइएको छ । केही महिना अघि मात्रै शनिबारका दिन अनुगमन गरिएको थियो जब कि शनिबार म्यानपार बन्द हुने गरेका छन् । छुट्टीको समयमा अनुगमन गरेर विभागले झारा टार्ने काम गरेको थियो ।































