बिर्तामोडमा रमेशको एकल सांगीतिक साँझ

0
774

झापा ।

सांगीतिक क्षेत्रमा नौलो आयाम दिन सफल इलामको दक्षिण क्षेत्र रोङ–१ घरभएका गायक रमेश बोखिम राईले बिर्तामोडमा एकल सांगीतिक कार्यक्रम गर्ने भएका छन् ।

बिर्तामोड स्थित नेपाल गजल साँझमा कर्मठ ब्याण्डको प्रस्तुतिमा राईले सांगीतिक कार्यक्रम गर्ने भएका हुन् । बिहिबार साँझ साढे ५ बजेबाट सुरु हने कार्यक्रम दुई घण्टासम्म चल्ने बताइएको छ ।

नेपालीहरुको महान पर्व तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदानका साथै सांगीतिक कार्यक्रमको आयोजना गरिएको राईले जानकारी दिए । सांगीतिक क्षेत्रमा लोक आधुनिक गित गाँउदै आएका राईले दर्जनभन्दा बढी गित बजारमा ल्याइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here