भद्रपुर भन्सार कार्यालयले लक्षित राजस्व भेट्टाएन

0
1110

लक्ष्मी उप्रेती / काँकरभिट्टा ।

एकवर्षअघि छोटी भन्सारबाट प्रमुख भन्सार कार्यालयमा स्तरबृद्घि गरिएको भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७६÷२०७७ को वितेको पहिलो तीनमहिनामा लक्षित राजस्व असुली गर्न असफल भएको छ ।

आर्थिक वर्ष २०७६÷२०७७ को साउनदेखि असोजमहिनासम्म ६ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्ने भएपनि ४ करोड ३४ लाख ६५ हजार २ सय १७ रुपैयँँमात्र राजस्व संकलन भएको भन्सार अधिकृत फणिन्द्र खतिवडाले जानकारी दिनुभयो । जुन रकम लक्ष्यको तुलनामा १ करोड ६५ लाख ३४ हजार ७ सय ८३ रुपैयँँले कमि हो ।

भन्सार विभागले कार्यालयलाई मासीक २ करोड रुपैयाँ लक्ष्य तोकेको छ । कार्यालयको वार्षिक लक्ष्य २४ करोड भएपनि चालु आर्थिक वर्ष २०७६÷०७७ को शुरुवाती तीनमहिना साउन, भदौ र असोजमहिनामा लक्षित राजस्व असुली गर्न असफल भएको हो । साउनमा १ करोड ११ लाख ९ हजार ५ सय ७८, भदौमा १ करोड ७५ लाख१ हजार १ सय ३९ र असोजमहिनामा १ करोड ५८ लाख३५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको अधिकृत खतिवडाले जानकारी दिनुभयो ।

भद्रपुर भन्सार कार्यालयको मातहतमा पाठामारी, केचना, घेरावारी पन्थापाडा र कुमोरखोद गरी पाँचवटा छोटी भन्सार कार्यालय रहेपनि केचना र कुमोरखोदमात्र सञ्चालनमा रहेका छन् । २०७५ भदौ १९ गते अर्थमन्त्री डाक्टर युवराज खतिवडाले भद्रपुर भन्सार कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

उहाँका अनुसार भद्रपुर नाकाबाट आर्थिक कारोवारमा कमि नआएपनि विभागले बढी लक्ष्य दिएका कारण राजस्व असुली गर्न असफल भएको हो । बिहारको गलगलिया, ठाकुरगञ्ज, किसानगञ्ज नाका बाट भद्रपुर हुर्दै प्रमुख रुपमा सुर्ती खैनी अत्यधिकरुपमा आयात हुने गरेको छ । यसपछि कपडा, जुत्ता चप्पल आयात वापतको राजस्व असुलीले पनि कार्यालयमा उल्लेखनीय रुपमा राजस्व संकलन हुने गरेको छ ।

सिमित स्रोत, साधन र जनशक्तिका बावजुत पनि भद्रपुर भन्सार कार्यालय झापाले गत आर्थिक वर्षमा १० महिनाको लक्षित राजस्व भन्दा बढी नौ महिनामै पुरा गरेको थियो । यस अघि मेची भन्सार कार्यालय काँकरभिट्टा अन्तर्गत छोटी भन्सारको रुपमा रहेको भद्रपुर भन्सार कार्यालय एकवर्ष अघिमात्र मुख्य भन्सार कार्यालयको रुपमा स्थापित भएको हो ,

गत आर्थिक वर्ष २०७५÷०७६ को असोज महिनादेखि भन्सार विभागले प्रत्येक महिना १ करोड ५० लाख रुपैयाँका दरले दशमहिनाको वा असार महिनासम्म १५ करोड रुपैयाँ लक्ष्य दिएको थियो । स शस्त्र द्वन्दका बखत बिस्थापित भएर बन्द भए पनि यो छोटी भन्सार कार्यालय सञ्चालनमा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here