मनकामनामा सामुहिक देउसीभैलो

0
901

बिर्तामोड।

बिद्यालयमा अध्ययनरत् बिद्यार्थीहरुलाई कितावी ज्ञानसँगै धार्मिक तथा सांस्कृतिक ज्ञान दिने उद्देश्यले बिर्तामोडस्थित मनकामना सेकेण्डरी स्कूलमा देउसीभैलो कार्यक्रम सम्पन्न भएको छ ।

नेपालीहरुको महान पर्व तिहारको अवसरमा विद्यालयमा रहेको सगरमाथा टिन्स क्लवको आयोजना तथा उज्यालो मनकामना बालक्लब र कक्षा १० को लालीगुराँस क्लवको संयोजनमा भएको कार्यक्रममा विद्यार्थीहरुले देउसीभैलो खेल्नुका साथै तिहार सम्बन्धी गीतमा नृत्य गरेका थिए ।

विविध धर्म र सम्प्रदायका बालबालिका विद्यालयमा पढ्ने हुँदा परम्परागत रुपमा खेलिने देउसी र भैलो खेलिएको र मौलिक संस्कृतिमा रमाउन पाएकोमा विद्यार्थीहरुले खुशी व्यक्त गरेका थिए । कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको सगरमाथा टिन्स क्लबकी सचिव श्रेया ढुंगानाले जानकारी दिइन् ।

मौलिक परम्परा पर्वहरुभित्र पर्ने हुँदा विद्यार्थीहरुमा संस्कारको विकास गर्न साथै धार्मिक सहिष्णुता कायम गराउन विद्यालयमा देउसीभैलो कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल केशव ढुंगानाले बताए । आपसी भाइचारा र राष्ट्रिय पर्वको जगेर्ना गर्नु हाम्रो कर्तव्य पनि भएकाले अभिभावकसहित देउसी खेल्न पाउँदा खुशी मात्र होइन यसको महत्व बुझ्न पाएको विद्यालयकी क्याप्टेन अनुषा नेङ्वाङ बताउँछिन् ।

आफ्ना नानीहरुले खुलेर देउसीभैलो गाएको र खेलेको देख्दा खुशी लागेको अभिभावक बन्दना अधिकारीले बताइन् । आपसी भाइचारा र राष्ट्रिय पर्वको जगेर्ना गर्नु कर्तव्य पनि भएकाले विद्यार्थीहरुलाई धर्म, संस्कृति सम्बन्धी जानकारी गराउन कार्यक्रमको आयोजना गरिएको भाइस प्रिन्सिपल धु्रव गौतमले बताए । उक्त देउसीभैलो कार्यक्रममा संकलित रकमले सामाजिक कार्य गर्ने सगरमाथा टिन्स क्लवकी अध्यक्ष एरिका थापाले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here