महरालाई थप सात दिन थुनामा राख्न अदालतको अनुमति

0
965

काठमाडौं ।

यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

प्रहरीले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो । सुदर्शन राज पाण्डेको एकल इजलासले अनुसन्धानका लागि ७ दिनको म्याद थप गर्न आदेश दिएको हो ।

महरामाथि संघीय संसद सचिवालयमा कार्यरत महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । महरा असोज १९ गते साँझ पक्राउ परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here