खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजको कार्यलय भवनको उद्घाटन

0
667

बिर्तामोड,

खप्तडी बुढाथोकी क्षेत्री सेवा समाजको कार्यलय भवनको उद् घाटन गरिएको छ।
पूर्व सामान्य प्रशासन मन्त्री केशबकुमार बुढाथोकीले झापाको बिर्तामोड नगरपालिका -9 स्थित नडियाबारीमा निर्मित खप्तडी बुढाथोकी क्षेत्री सेवा समाज जिल्ला कार्यालय भवनको एक समारोहका बीच उद् घाटन गरेका हुन्।


कार्यक्रममा बोल्दै बुढाथोकीले आफैंले शिलान्यास गरेको भवनको एक वर्ष नबित्दै उद् घाटन गर्न पाउनु अत्यन्त खुशी र गौरवको विषय भएको बताउँदै बुढाथोकी बन्धुको उत्थानमा सबै एकताबद्ध भई अघि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रममा जिल्ला अध्यक्ष विष्णुबहादुर बुढाथोकीले समाजका असहाय तथा विपन्न परिवारका लागि छात्रवृत्ति कोषको स्थापना, प्रकृति प्रकोप तथा विपत्तिमा परेकालाई सहयोग कार्यक्रम, संस्थाका सहयोगदातालाई सम्मान जस्ता कार्यक्रमलाई अघि बढाउने नीति आगामी दिनमा संस्थाले लिने र यसका लागि भवन निर्माण कार्यबाट सहज हुने बताए।
संस्थाका जिल्ला अध्यक्ष विष्णुबहादुर बुढाथोकी अध्यक्षता तथा पूर्व सामान्य प्रशासन मन्त्री केशबकुमार बुढाथोकीको प्रमुख आतिथ्य एवम् संस्थाका केन्द्रीय अध्यक्ष विकेन्द्रदीप बुढाथोकीको विशिष्ठ आतिथ्यमा सम्पन्न कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै स्वागत उपाध्यक्ष गणेशबहादुर बुढाथोकीले गरेका थिए।
जग्गादाता स्व. कटकबहादुर बुढाथोकी तथा छोराहरु काजी, पदमबहादुर बुढाथोकी र मकरबहादुर – श्रीमती तलमाया बुढाथोकी तथा छोराहरु अर्जुन र भीष्म बुढाथोकीले प्रदान गरेको संस्थाको साढे पाँच कठ्ठा जमिनभित्र करीब 75(पचतर) लाख रुपैयाको लागतमा भवन निर्माण कार्य सम्पन्न भएको बताइएको छ। भवन निर्माणका लागि हाल जिल्लाभर रहेका (1051) एक हजार एकान्न घरपरिवारको बसोबास रहेका पन्द्रवटै स्थानीय तहका खप्तडी बुढाथोकी क्षेत्रीको सहयोग रहेको छ।
संस्थाका कोषाध्यक्ष तथा भवन निर्माण समितिका अध्यक्ष योगेन्द्रबहादुर बुढाथोकीले आयव्यय प्रस्तुत गरेको कार्यक्रममा केन्द्रीय महासचिव डम्बरबहादुर बुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए।
वरिष्ठ केन्द्रीय उपाध्यक्ष गणेश बुढाथोकी, केन्द्रीय सदस्यहरु अमृतबहादुर बुढाथोकी, काजीमान बुढाथोकी, खड्गबहादुर बुढाथोकी, जग्गादाता तलमाया बुढाथोकी, मोरङ जिल्ला अध्यक्ष रामकुमार बुढाथोकी, सुनसरी जिल्ला अध्यक्ष दुर्गाबहादुर बुढाथोकी, उदयपुर जिल्ला अध्यक्ष भुपेन्द्र बुढाथोकी, झापा जिल्ला उपाध्यक्ष डिगबहादुर बुढाथोकी, दाता ज्ञानबहादुर बुढाथोकीलगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव तथा भवन निर्माण समितिका उपाध्यक्ष काजी बुढाथोकीले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here