बिर्तामोडमा राजवंशी नाच प्रतियोगिता

0
765

बिर्तामोड ।

नृत्यका माध्यमबाट राजवंशी युवा युवतीको अन्र्तनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले भारत नर्थ बंगालको सिलिउड सिने क्रिएसनको आयोजनामा बिर्तामोडमा भएको नाच राजवंशी नाच प्रतियोगिताको अडिसनबाट सातजना छनौट भएका छन् ।

झापाको विर्तामोडस्थित स्प्रिङ्डेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्टमा भएको नाच राजवंशी नाच प्रतियोगिताको अडिसनमा सहभागी २५ जनामध्ये नेपालबाट सातजना छनौट भएको नेपाल संयोजक बविता राजवंशीले जानकारी दिइन् ।

वरिष्ठ कोरियोग्राफर तथा अनुरोध फाउन्डेसनकि अध्यक्ष सपना राजवंशी, अविनाश बरमन , स्प्रिङ्डेल कलेज फर हस्पिटालिटी म्यानेजमेन्टका सञ्चालक निरज श्रेष्ठ, मिस कोच इन्टरनेशनलकि प्रथम विजेता प्रतिमा सिंह रहेको निर्णायक मण्डलले उनीहरुको छनौट गरेको हो ।

प्रतियोगिताकी नेपाल संयोजक बविता राजवंशीको अध्यक्षता तथा सिलिउड सिने क्रिएसनका प्रबन्धक निरेन रोयको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजवंशी चलचित्रका निर्देशक होमनारायण राजवंशी , रमेन रोय लगायतले शुभकामना दिएका थिए । प्रतियोगितामा नेपाल , भारत र वंगलादेशका राजवंशी युवा युवतीको सहभागिता रहने बताइएको छ ।

आगामी डिसेम्बर १९ तारिखमा भारतको सिलिगुडीमा हुने फाइनल प्रतियोगितामा सर्वोत्कृष्ट हुने प्रतियोगीलाई ५० हजार द्वितीय हुने प्रतियोगीलाई ३० हजार र तृतीय हुने प्रतियोगीलाई २० हजार भारतीय रुपैयाँ प्रदान गर्ने बताइएको छ । कार्यक्रमको सञ्चालन कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here