सताक्षीधाम ।

झापाको सताक्षीधाम आयोजना हुन लागेको नेपालकै पहिलो १०८ कुण्डको कोटिहोममा आउने विदेशी पाहुनाकालागि शुक्रबार देखी कुटी निर्माण शुरु भएको छ । पर्यटन भ्रमण वर्षलाई लक्षीत गरि गौ संरक्षणका लागि आयोजना गरिएको १०८ कुण्डको कोटिहोम नेपालमै पहिलो हो ।
गोलोक गोवद्र्धन गौसालाका पिठाधिस तथा सताक्षी धार्मीक पर्यटन महोत्सव एव १०८ कुण्डको कोटिहोम मुल समारोह समितिका संरक्षक आचार्य नन्दकिशोेर भारद्धाजका अनुसार विदेशी आगन्तुक लाई बाँस जन्य वस्तु र त्रिपाल प्रयोग गरेर निर्माण गरिएका कुटीमा आवास सुविधा दिईने छ । उनले भने, ‘होटलमा बस्न विदेशी आगन्तुकले ईन्कार गरेपछी उनिहरुका लागि कुटी निर्माण हुन लागेको हो ।’
सताक्षीधाममा १५ वटा कुटी निर्माण हुने छन । विदेशीका लागि अस्थाई प्रकृतीका सौचालय निर्माण संघिय साँसद एलपि साँवा लिम्वुले निर्माण गरिदिने भएका छन । भोजन, सुरक्षा, स्वास्थ्य, संचार यातायात लगायतका आधारभुत आवस्यक्तालाई आयोजकले कुनै कमि हुन नदिने आयोजक समितिका सदस्य सचिव प्रसाद सुब्वाले वताए ।

कात्तिक २७ देखी मंसिर ९ गते सम्म आयोजना हुने अष्टोत्तरसत श्री देवी भागवत सताक्षी कथा महोत्सवमा अमेरिका, पोल्याण्ड, हँङकङ, अफ्रिका, जोर्डन, जर्मन, भुटान, भारत, बंगालादेश, कोरिया, सिङापुर, फ्रान्स लगायतका मुलुकबाट पर्यटक आउने आयोजक समितिले बताएको छ । त्यसकालागि आवस्यकीय तयारी शुरु भएको आयोजक समितिले जनाएको छ । स्थानीय छिमेकी वचत तथा ऋण सहकारी संस्था लि, किसान कृषी सहकारी संंस्था लि र विहानी प्रतिभा युवा जमातले निर्माण गरिदिने बताएका छन ।
शुक्रबार संघिय साँसद एलपि साँवा लिम्वु, प्रदेश साँसद झलकवहादुर दर्लामी मगर, शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपाल लगायतले संयुक्त रुपमा कुटीको निर्माणको सिलान्यास गरे । सो कार्यक्रममा नेकपाका प्रतिनिधी, नेपाली काँग्रेस लगायत अन्य गैह्र सरकारी संघ संस्थाका प्रतिधिनीको बाक्लो उपस्थिती थियो ।
यसैबीच सताक्षीधाम धार्मीक महोत्सव सफल बनाउन विभिन्न राजनितीक दल संग आयोजकले परामर्स तिब्र पारेको छ । झापाका स्थानीय तहको सहयोग आयोजकले पाएपछी महोत्वसलाई भव्य, अनुसाशासित र मर्यादित बनाउन छलफल लाई तिव्र पारेको हो । आयोजकले विभिन्न आस्थाका राजनितीक पार्टीका प्रतिनिधी, सरकारी तथा गैह्रसकारी संघ सस्थाका प्रतिनिधी, नागरीक समाजका अगुवा, पत्रकार संग छलफल र परामर्शलाई अघि वढाएको हो ।
यसैबीच कुटी स्थानीय छिमेकी वचत तथा ऋण सहकारी संस्था लि, किसान कृषी सहकारी संंस्था लि र विहानी प्रतिभा युवा जमातले निर्माण गरिदिने बताएका छन् ।






























