आलमलाई तेस्रो पटक ८ दिनको म्याद थप

0
512

काठमाडौं,

रौतहट क्षेत्र नं २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई अदालतले अनुसन्धानका लागि थुनामा राख्न शुक्रबार तेस्रो पटक ८ दिनको म्याद थप गरेको छ ।

०६४ सालमा भएको संविधान सभा निर्वाचनको समयमा बम बनाउन लगाउने क्रममा घाइते भएका सर्बसाधारणरलाई जिउँदै इट्टा भट्टामा जलाएको आरोपमा उनी पक्राउ परेका थिए ।

रौतहट जिल्ला अदालतले  आलमलाई  आठ दिन थुनामा राख्न म्याद थप गरेको अदालत श्रेस्तेदार गुणराज पराजुलीले बताए । यस अघि उनलाई सात र पाँच दिनको म्याद थप गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here