करेन्ट लागेर एक ब्यक्तिको मृत्यु

0
500

विराटनगर ।

दुहबीको एक उद्योगमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

दुहबी नगरपालिका ३ स्थित पशुपती खाध्य फ्याक्ट्रीमा काम गर्ने करेन्ट लागेर मृत्यु हुनेमा सुनसरीको दुहबी नगरपालिका ११ तनमुना बस्ने अंदाजी बर्ष २४ को पवन पासवानको करेन्ट लागेर मृत्यु भएको छ ।

शुक्रबार दिउँसो फ्याक्ट्रीको टिनको तेल चार पट्टिवाट कभर गर्ने मेसिनमा काम गर्ने क्रममा अचानक बिधुत तार सर्ट भई करेन्ट लागेर उनी गम्भिर घाईते भएका थिए ।

घाईते उनलाई उपचारको लागी बिराट मेडिकल कलेज बिराटनगर पठाएकोमा उपचारको क्रममा साँझ मृत्यु भएको थियो घटनाबारे जानकारी पाएको ईलाका प्रहरी कार्यालय दुहबीको प्रहरी टोलीले घटनाबारे आवश्यक अनुसन्धान कार्य गरिरहेको उक्त कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here