चन्द्रगढीमा धन्वन्तरी जयन्ती मनाइयो

0
1146

झापा।

स्वास्थ्य र समृद्धिको आधार ,आयुर्वेद उपचार” भन्ने मुल नाराका साथ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र झापाद्धावारा शनिवार आयोजीत कार्यक्रमका बीच कार्यालय परिसर चन्द्रगढीको प्रांगणमा विभिन्न पुजाहरु गर्दै दिवस सम्पन्न गरिएको हो ।

केन्द्रका प्रमुख डा। रवीन्द्र निरौला , वैध मनोजकुमार पण्डित , योेगप्रशिक्षक कैलाश डांगी लगाएतका स्थानीयहरुको सहभागितामा रहेको थियो ।

समुन्द्र मन्थन गर्ने क्रममा भगवान धन्वन्तरीले सम्पुर्ण सुष्ठिलाई आक्रान्त पार्ने रोगलाई हरण गर्नको लागि अमृत रुपी आयुर्वेदलाई लिएर उत्पन्न हुनु भएको किमदन्तिमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here