दक्षिणारहित सामुहिक सडक देउसी

0
633

बिर्तामोड ।

साहित्य चौतारी झापाले दक्षिणारहित सामुहिक सडक देउसी खेल्ने भएको छ ।

साहित्य चौतारी झापाले साहित्य , कला , संगीत र संस्कृतिको संरक्षण , सम्र्वद्धन गर्ने उद्धेश्यले सामुहिक सडक देउसी ,साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको तयारी गरेको साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देवीभक्त श्रेष्ठले जानकारी दिए ।

संस्थाले बिगतका वर्षहरु झैं यसवर्ष पनि आगामी कात्तिक ११ गते बिर्तामोडको दुर्गामन्दिरमा सामुहिक सडक देउसी खेलिने उनले बताए ।

दक्षिणाकै लागी देउसी खेलिने परम्पराको अन्त्य गर्दै साहित्य , कला , संगीत र संस्कृतिको संरक्षण , सम्र्वद्धन गर्न कार्यक्रमको आयोजना गरेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here