तिम्रो मेरो पिरती यो????आधा आधा होस्,
सम्झौतामा सबैकाम साझासाझा होस्।
सेवा गर्ने ती हात पाउ, सधैं खुल्ला रहुन् ,
बासी हैन जिन्दगी यो ताजाताजा होस्।
चाहे तिमी चाडै आउ,चाहे म नै आउँला,
कामबाट फर्कदा चै मीठो खाजा होस्।
काली गोरी जे भनेनि फिक्री छैन मलाई,
भित्री सबै बात बुझ्ने दीलको राजा होस्।
देखासेखी गरी खाउन अरूलाई पाठ भो,
इर्स्या गर्नेको त्यो मन धाँजा धाँजा होस्।

देवी पराजुली



























