के हो ओखरको महिमा ?
ओखर सन्तुलित खाना हो । ओखर स्वास्थको लागि निकै नै फाइदाजनक मानिन्छ । ओखरमा भिटामिन, मिनिरल र फ्याट पाइन्छ । आइरन, सेलेनियम, क्याल्सियम, जिंक, भिटामिन इ र बी ओखरमा पाइन्छ ।
त्यसो त ओखरको प्रयोगमा माछामा पाइने भिटामीन ओमेगा–३ पनि पाइन्छ । यसमा पाइने एन्टीअक्सिडेन्टले मानिसको शरीरमा रहेको कोलस्ट्रोल कम गर्छ । मुटुका विरामीलाई दैनिक एक ओखरको सेवन फाइदाजनक हुने विज्ञहरुको सुझाव छ ।
ओखरमा शरीरलाई चाहिने आवश्यक चिल्लो पदार्थ हुन्छ । ओखर डायटको रुपमा पनि प्रयोग गर्न सकिन्छ । भनिन्छ, ओखरको प्रयोग जिउ सुन्निने, मधुमेह,अल्जाइमर र क्यान्सरका विरामीलाई पनि उपयोगी हुन्छ । हामीले खाने ओखरमा माइक्रोबाइटा भन्ने तत्व पाईन्छ । यसको प्रयोगले पेट सफा राख्छ ।

शरीरको वजन बढि भएका व्यक्तिले दिनहुँ ओखरको मात्रा मिलाएर खाएमा शरीरको वजन घट्ने प्रमाण खोजले सार्वजनिक गरेको छ । भनिन्छ, २८ ग्राम दैनिक ओखरको सेवनले मानिसमा हुने रक्तचाप कम गर्छ । त्यसकारण हृदयाघात र मुटुको रोग कम हुने प्रमाण देखिन्छ ।
मानिसमा कम उमेरमै देखिने चाउरीपना र बुढेसकाल दैनिक ओखरको सेवनबाट हट्ने तथ्याङ्क बैज्ञानिकका अनुसन्धानबाट पत्ता लगाइएको छ ।
ओखरको महिमा तिहारमा विशेष छ ।
भाइमसलाको रुपमा प्रयोग हुने ओखरको आयात ३ सय प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ । गत वर्षको तुलनामा यसपालीको तिहार अघिको दुई महिनामा ओखर आयात निकै बढेको बताईएको छ ।






























