विनोद सापकोटा
झापा,सांसद एलपी साँवा लिम्वुले बाँकी रहेको तीन वर्षमा निर्वाचन ताका मतदातालाई दिएको आश्वसन पूरा गर्ने बताएका छन ।
वितेको दुई वर्षमा घोषणा पत्रमा जारी गरिएका ६० प्रतिशत वाचा पुरा गरेको र बाँकी रहेको ३ वर्षमा ४० प्रतिसत बिकास निर्माणका काम सम्पन्न गर्ने उनले बताए । आफ्रनो निर्वाचन क्षेत्रमा पुल, कलभर्ट, सडक लगायतका पुर्वाधार ३ वर्षमा तयार भई सक्ने उनले दावी गरेका छन । सांसद साँवाले झापा निर्वाचन क्षेत्र नम्बर ४ वाट संघिय साँसदका लागि तत्कालिन एमालेबाट भारी मत ल्याएर विजेता बनेका थिए ।
जिल्लाको झापा गाँउपालिकामा गाँउ कार्यपालिका आफैले आयोजना गरेको कार्यक्रममा शनिवार आयोजित मुष्लीम समुदाय संग भेटघाट र स्वागत कार्यक्रममा बोल्दै साँसद एलपि साँवा लिम्वुले अवको तीन वर्षमा कसैले सडक, पुल, कलभर्ट नभएर हिड्न समस्या भयो भनेर गुनासा गर्नु नपर्ने बताए । साँसद साँवाले भने, ‘झापा निर्वाचन क्षेत्र नम्बर ४ मा वाटो, पुल र कलभर्टको समस्या रहदैन ।’
साँसद साँवाले खानेपानी, विद्युत र संचारको सुविधा गाँउ गाँउमा पुर्याउन आफुले काम थालेको बताए । ‘अव, कुनै घरमा पनी पिउने पानीको समस्या हुदैन, सवैका घर घरमा पानीको धारा र टेलिफोनका तार तीन वर्षमा पुग्ने छन ।
सो कार्यक्रममा नेपालका लागि साउदी अरेवियाका राजदुत मुसिद सा. अल मारवानी र नेपालका लागि युएइका राजदुत सइद हम्दान अल नाक्बीको झापा गाँउपालिका का मुस्लीम समुदायका नागरिकले भव्य स्वागत गरेका थिए । कार्यक्रममा नेपालका लागि साउदी अरेवियाका राजदुत मुसिद सा. अल मारवानीले नेपाल र साउदी अरेविया विच सुमधुर सम्वन्ध रहेको बताए । उलने, नेपाल जलश्रोतको धनी देश भएकैले पनी साउदी अरेवियाले ३० मिलियन अमेरिकी डलर अनुदान सहयोग गरेको बताए । ‘नेपालको जलविद्युत, शिक्षा, स्वास्थयमा सहयोग गर्न साउदी अरेविया आतुर थियो । उनले भने, हामी नेपाल संग जहिल्यै पनी सुमधुर सम्बन्ध कायम रहेको हेर्न चाहान्छौ ।’
युएइका राजदुत सइद हम्दान अल नाक्बीकले झापा गाँउपालिका मा उच्च शिक्षा हासिल गरेर वेरोजगार भइ बसेका मुस्लीम समुदायका युवा युवतीलाई नोकरीको अवसर दिन युएइ तयार रहेको बताए । उनले भने, यहाँको शैक्षिक अवस्थालाई गुणात्मक हिसावले वृद्धी गर्नुहोस रोजगारीको अवसर युएई सरकारले सृजना गर्ने छ ।’
झापा गाँउ कार्यपालिकाका अध्यक्ष जय नारायण साहाको अध्यक्षतामा भएको कार्यक्रममा हज कमिटका पुर्व केन्द्रिय अध्यक्ष ताज महम्मद मियाँ, नेकपा निकट मुष्लीम संगठनका अध्यक्ष रिराज महम्मद फारुकी लगायतले मुस्लीम समुदायको शैक्षिक अवस्था सुधार्न सरकारले गम्भिर रुपमा कदम चाल्नु पर्ने बताए । झापा गाँउ पालिकामा मुस्लीम समुदायका १७ हजार जनसंख्या रहेपनी २ जनाले स्नातकोत्तर, ८ जनाले स्नातक र १५ जनाले मात्र उच्च माध्यमिक तह उतिर्ण गरेको डिल्लीराज माविका शिक्षक वासेद अलिले बताएका छन ।































