दीपावलीका क्रममा मोरङका तीन ठाउँमा आगलागी एक बालकको मृत्यु

0
775

मोरङ ।

दीपावलीको साँझ मोरङका विभिन्न स्थानमा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर–५, कोठेबारीका युवराज गिरीको घरमा आइतबार राति आगलागी हुँदा उहाँका ४ वर्षीय छोरा युसन गिरीको मृत्यु भएको हो । दीपावली गर्ने क्रममा आगलागी हुँदा घरभित्र सुतिरहेका युसनको जलेर ज्यान गएको हो । आगलागीबाट ६० हजार नगद, सुन, चाँदी, लत्ता कपडासमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यस्तै विराटनगरमा आगलागी हुँदा एउटा कार जलेको छ । आइतबार साँझ दीपावली गर्ने क्रममा विराटनगर(१० मा रहेको नेशनल एकेडेमी कलेज नजिकै रोकेर राखिएको को १ च ९२६२ नम्बरको कारमा आगो लागेको हो । तिहारको बेला मैनबत्ती बाल्ने क्रममा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । आगलागीबाट कार पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

यस्तै मोरङको केराबारी गाउँपालिका वडा नम्बर–८, आमजुङ्गेमा दीपावली गर्ने क्रममा स्थानीय उमेश बस्नेतको घरमा आगलागी हुँदा २१ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here