पार्टी परित्याग गरि काङ्ग्रेस वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश

0
674

बैतडी,

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडाध्यक्षका उम्मेदवारसहित ३० जना नेकपामा प्रवेश गरेका छन् । बैतडीको पाटन नगरपालिका–७ कैलपालका हरिदत्त भट्टसहितका उनीहरू आफ्नो पार्टी परित्याग गरेर नेकपा प्रवेश गरेका हुन् ।

नेकपा वडा कमिटीले आयोजना गरेको शपथग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा नव प्रवेशीहरूलाई स्वागत गर्दै सांसद दामोदर भण्डारीले सरकारले थालेको समृद्धिको यात्रामा सहभागी हुन आग्रह गर्नुभएको जिल्ला कमिटी सदस्य लोकबहादुर भण्डारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here