किनमेल गर्न भारत जाँदा मोटरसाइकल चोरी

0
453

भद्रपुर।

सीमावर्ती भारतीय बजारमा छठ पूजाको किनमेल गर्न गएका एक नेपाली युवकको मोटरसाइकल चोरी भएको छ ।

भद्रपुर नगरपालिका–५ बस्ने घनश्याम कसेराको नाममा रहेको मे४प ३३८१ नम्बरको हिरो होण्डा कम्पनीको कालो रङ्गको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी भएको हो ।

पीडित कसेराका अनुसार बिहीबार बेलुका साढे ५ बजे नवीन गुप्ता उक्त मोटरसाइकल चढेर भारतको बिहारस्थित किसनगञ्ज जिल्लाको गलगलिया बजार किनमेलका लागि गएका थिए । गलगलियाको बीच बजारमै पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको उनले बताए । मोटरसाइकल चोरी भएको होहल्ला भएपछि नवीन गुप्ताले गलगलिया थानामा उजुरी दिएका छन् ।

भारतीय प्रहरी मोटरसाइकलको खोजी कार्यमा जुटे पनि अहिलेसम्म फेला परेको छैन । यता भारतमा मोटरसाइकल चोरी भएको विषयमा पीडितले वडा प्रहरी कार्यालय भद्रपुरलाई पनि जानकारी गराएको प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए ।

मेची पुल बनेपछि पछिल्लो समय भद्रपुर नाकासँग जोडिएको भारतीय सीमावर्ती बजारमा सयौँ नेपाली नागरिक दैनिक घरायसी सामग्री किनमेलका लागि जाने गरेका छन् । भारतीय बजारबाटै नेपाली युवकको मोटरसाइकल चोरी भएपछि भारतीय प्रहरीको सुरक्षा व्यवस्थामा चुनौति थपिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here