ऐतिहासिक ठुटेबर मेला शुरु

0
1294

शान्तिनगर ।

झापाको बुद्धशान्ति–६ स्थित ठुटेबर परिषरमा विगत ४ सय बर्ष अगाडि देखि लाग्दै आएको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला बिहिबारबाट शुरु भएको छ ।

कार्तिक २७ गते बुधबार ७ दिनसम्म लाग्ने मेलाको बिहिबार भव्य उद्घाटन भएकोछ । कार्तीक २७ गते सम्म लाग्ने मेला हिजो भव्य रुपमा उद्घाटन गरिएको हो ।

ठुटेबर संरक्षण तथा विकास समितिका अध्यक्ष शिवकुमार पौड्यालको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बुद्धशान्ति गाँउपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले ब्यानर पढेर गरेका थिए । प्रमुख अतिथि तथा गाँउपालिका अध्यक्ष भुजेलले समग्र बुद्धशान्ति गाँउपालिकाको एकमात्र ऐतिहासिक मेला भएकाले यस्को संरक्षण र सम्बर्दन गर्न गाँउपालिका लागी परेको बताए ।

विक्रम सम्बत् २०३४ सालबाट आफुपनि लगातार यो मेला आइरहेको अनुभव र यस्को महत्वको बारेमा प्रकाश पार्दै मेलालाई लोप हुनबाट बचाउन सरकारी विद्यालयका जग्गा लिएर ऐतिहासिक यसमेला साथै पर्यटन प्रर्बधन गर्न संरचना निर्माणमा लागीपरिरहने बताएका छन् । आर्थीक बर्ष २०७६।७७ मा गाँउपालिकाले कृषि र पर्यटनलाई प्राथमिकता दिएकाले यस क्षेत्रको विकासका लागि हरदम तयार रहेको प्रमुख अतिथि अध्यक्ष भुजेलले प्रतिबद्धता पनि जनाएका छन् ।

यता विशेष अतिथि तथा सोहि वडाका वडाध्यक्ष शम्भु प्रसाल पौड्यालले परापुर्वकाल देखि लाग्दै आएका इलामको रोङ र झापाको बुद्धशान्तिको संगम स्थलको रुपमा रहेको ठुटेबरको इतिहासको बारेमा बताउदँै वडाले त्यहा आवश्यक शौचालय, विश्राम स्थल निर्माण लगायतमा वडाले काम गरेको बताए । तीन तहका सरकार निर्माण भएसँगै पुन बिउँतिएको यस ऐतिहासिक मेलाले स्थानिय बासिन्दाको जीवनसँग महतव राख्ने भएकाले सबैले आफ्नो अपनत्व हुने गरि जिम्मेवार बन्न पनि आग्रह गरेको थिए ।

विशेष अतिथि वडाध्यक्ष पौड्यालले स्थानियको जीवनस्तर उकास्न पनि ठुटेबर मेला उपयोगि बन्ने भन्दै मेलाको मर्म अनुरुप कला, धर्म, संस्कृति र संस्कारको जगेर्ना गर्नका साथै अर्गयानिक उत्पादन बढाउन पनि आग्रह गरेका छन् । वडाले बर्षेनि आफ्नो वडाको बजेटमा ठुटेबरलाई विशेष प्राथमिकता दिएको बताँउदै मेलामा हुने विभिन्न कार्यक्रम अन्र्तगत एक दिन हुने साहित्यिक कार्यक्रमका लागि वडाको सोहि शीर्षकमा छुट्याइएको बजेट पनि प्रदान गरिने बताए । बृहत साहितियक कार्यक्रम झापा लगायतका बरिष्ठ कविहरुको उपस्थितिमा २५ गते भव्य कार्यक्रम हुने पनि बताए ।

कार्यक्रमका सभापति समितिका अध्यक्ष शिवकुमार पौड्यालले स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला सहयोगी बन्ने अपेक्षा रहेको बताए । उनले भने, परापूर्वकालमा बिहेमा जन्ती, न्याय अन्यायको छिनोफानो,आत्मीयता र सद्भाव साटासाट गर्दा–गर्दै मेलाको रुपमा परिणत भएको थियो । बर्षको दुई पटक बैसाख पूर्णिमा र कात्तिक पूर्णिमाको दिन ठुटेवर परिषरमा मेला लाग्ने गरेको छ ।

इलाम र झापाको संगम स्थलमा रहेको ठुटेवर, आसपासका क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा मेलाको स्वरुप पनि बढ्दै गएको बताँउदै मेला लाग्न थालेपछि झापा, इलाम, मोरङ र भारतको दार्जि्लिङबाट समेत मानिसहरु मेला भर्न आउने गरेका जनाए । स्थानीय स्तरमा पाईने, उखु, तरुल, सुन्तला, बासँबाट बनिने सामाग्री डोको, नाम्लो, थुन्से लगायतका सामाग्री सो मेलामा किनवेच हुने गरेको पनि उनले बताउदै भने आधुनिकता संगसंगै ती सामाग्रीको विक्रि–वितरणमा कमी आउन थालेको छ ।

आयोजक समितिका अनुसार उद्घाटनको साँझ रियो छमछमिकि सिजन ४ कि दिलमाया लिम्बु र गायक जश्मिन बरालले प्रस्तुती राखे भने आज हाँस्य कलाकार श्री कृष्ण लुइटेल बोकेदारी, भोलि द भोइस अफ नेपालका विनय कार्की, २४ गते सडज सम्हाम्फे, २५ गते पर्शुराम रिजाल, २६ गते टिका भण्डारी र २७ गते मिलन अमात्यको प्रस्तुती रहने छ । मेला अवधिमा अचलेश्वर मन्दिर परिषरबाट म्याराथुन दौड रहने छ ।

यसबर्ष पनि झापा, इलाम, भारतको दार्जि्लिङ सहित करिव ५० हजार जनाले मेलाको अवलोकन गर्ने पेक्षा राखेको कार्यक्रमको उद्घाटनका अवसरमा गाँउपालिका उपाध्यक्ष मिरा भुर्तेल, बुद्धशान्ति १ का वडाध्यक्ष भिमकुमार नेवार, २ का दिलिप प्रधान, ३ का कमल उप्रेती, ४ का बुद्धिमान लिम्बु, ५ का बासुदेव खतिवडा र ७ का मात्रृका पौड्याल, कञ्चनजंघा एफका प्रबन्धक निर्देशक चन्द्र भण्डारी लगायतको आतित्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here