पौडेल भए युनिकम नेपालको केन्द्रीय अध्यक्ष

0
658

बिर्तामोड।

नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालको केन्द्रीय अध्यक्षमा झापा बिर्तामोडका गजेन्द्रबहादुर पौडेल निर्वाचित भएका छन् ।

संस्थाको दोस्रो केन्द्रीय अधिवेशनले चार बर्षे कार्यकालका लागि अध्यक्षमा पौडेललाई निर्वाचित गरेको हो । नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष रवीन शर्मा भुषाल, महासचिव एलएन दाहाल, सचिव गोमा नेपाल र कोषाध्यक्षमा दुर्गा भट्टराई चयन भएको निर्वाचन अधिकृत बलराम कार्कीले जानकारी दिएका दिए ।

त्यसैगरी सदस्यहरुमा दामोदर पाठक, मोहनचन्द्र दाहाल, श्यामप्रसाद खड्गी, कृष्ण पोखरेल, चिरञ्जीवी पौडेल र रमण घिमिरे निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय समितिको सञ्चार संयोजकमा केशव भट्टराईलाई चयन गरिएको छ ।

सोही अधिवेशनले प्रादेशिक संरचना अनुसार सबै प्रदेशमा समिति बिस्तारका लागि संयोजक समेत चयन गरेको छ । जस अनुसार प्रदेश नं. १ का लागि जीवन निरौला, प्रदेश नं. २ मा रामजी कोईराला, प्रदेश नं. ३ का लागि खेम चौलागाई, प्रदेश नं. ४ का लागि कृष्ण उपाध्याय, प्रदेश नं. ५ का लागि राजन अधिकारी र प्रदेश नं. ७ का लागि रमेश भट्ट संयोजकमा चयन भएका छन् ।

हेटौडामा भएको अधिवेशनले प्रादेशिक संरचना अनुकूल संगठन निर्माण र कार्यक्षेत्र विस्तार गर्ने विधान संशोधन गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here