पूर्वाञ्चल लिटल स्टारमा ४५ जनाको सहभागिता

0
614

विर्तामोड ।

विद्यालयमा अध्ययनरत् बालबालिकाहरुको अन्र्तनीहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले झापाको बिर्तामोडमा भइरहेको पूर्वाञ्चल लिटल स्टार सिजन २ मा ४५ जना बालबालिकाहरुले सहभागिता जनाएका छन् ।

साइमन फिल्मस् एण्ड इन्टरटेन्टमेन्ट मुम्बईको प्रस्तुती रहेको राठी केवल पूर्वाञ्चल लिटल स्टार सिजन २ को बिर्तामोडमा आयोजना भिप्रा एडभरटाइजिङ एण्ड मिडिया बिर्तामोड र गुरुकुल म्युजिक एण्ड डान्स सेन्टर बिर्तामोडले गरेको हो ।

विभिन्न विद्यालयहरुमा अध्ययनरत् ७ देखि १४ वर्षसम्मका ४५ जना बालबालिकाहरुवीच आगामी कात्तिक ३० गते बिर्तामोडमा फाइनल प्रतियोगिता गरिने साइमन फिल्मस् एण्ड इन्टरटेन्टमेन्ट मुम्बईका प्रमुख साइमन राजवशीले बताए ।

वी मेक देम स्टार भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगिताको हाल वन्दसत्र प्रशिक्षण भइरहेको उनले बताए । वन्दसत्र प्रशिक्षणमा सहभागी बालबालिकाहरुलाई पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला , सूर्योदय टेलिभिजनका दिपेन भेटवाल , राजु धमला लगायतले प्रशिक्षण दिएको उनले बताए । त्यस्तै प्रतियोगिताको कोरियोग्राफर आशिमा दुतराज , शिल्पा राजवंशी, सपना राजवंशी , विपना राजवंशीले गरिरहेका छन् ।

प्रतियोगितामा सहभागि बालबालिकाहरुलाई सहभागि गराएर कभर म्युजिक भिडियो निर्माण गरिएको उनले बताए ।
आगामी कात्तिक ३० गते बिर्तामोडमा गरिने फाइनल प्रतियोगिताका विजेतालाई ५१ हजार रुपैयाँ वा म्युजिक भिडियो निर्माण , फस्ट रनरअपलाई २ १ हजार रुपैयाँ वा म्युजिक भिडियो निर्माण , सेकेण्ड रनरअपलाई १५ हजार रुपैयाँ वा म्युजिक भिडियो निर्माण लगायतका पुरस्कार र अन्यलाई समेत पुरस्कृत गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here