मोटरसाइकल उछिट्टिएर घरको छानामाथि

0
505

इलाम,

इलामको नेपालटारमा भएको मोटरसाइल दुर्घटनामा २ जना घाइते भएका छन् । इलामबाट राँकेतर्फ जाँदै गरेको मोटरसाइकल मेचिराजमार्गस्थित नेपालटारमा गोलाइबाट उछिट्टिएर घरको छानामा पुगेको हो ।

मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन् । दुर्घटनास्थलबाट उनीहरुको उद्धार गरी उपचारका लागि इलाम अस्पताल पुठाइएको नेपाली कांग्रेस इलामका कोषाध्यक्ष विष्णु कार्कीले जानकारी दिए ।

तीव्र गतिमा रहेको मोटरसाइकल ट्रनिङ्ग काट्न नसकेर उछिट्टिएको अनुमान गरिएको छ । पहाडी बाटो भएकाले मेची राजमार्गमा धेरै गोलाइहरु (टर्निङ्गहरु) रहेका छन् ।

धेरै समय अगाडी बनेको उक्त बाटो पनि साँघुरो छ भने एकपटक बनेपछि उक्त बाटोको चौडाइ बढाउन कहिँ कतैबाट अग्रसरत भएको देखिदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here