भाइको कुटाईबाट दिदीको मृत्यु

0
426

मोरङ ।

मोरङमा दुई जना भाइको कुटपिटबाट दिदीको मृत्यु भएको छ । कानेपोखरी गाउँपालिका १ होक्लाबारी बस्ने ५१ वर्षीय विजय किस्कु र उनको भाइ ३२ वर्षीय वीरेन्द्र किस्कुले सोही स्थानमा बस्ने ५५ वर्षीय दिदी सिता सोरेनलाई कुटपिट गर्दा उनको मृत्यु भएको छ ।

शुक्रवार साँझ ५ बजेको समयमा भाईद्धयले जग्गाको विषयमा वादविवाद गरी झगडा गर्दा दिदी सितालाई कुटपिट गरी घाइते बनाएका थिए । घाइते उनको उपचारको लागि विराट नर्सिङ होम अस्पताल विराटनगरमा लगिए पनि उनको उपचारको क्रममा राती १० बजे मृत्यु भएको थियो ।

यता प्रहरी चौकी रमाइलोबाट प्रहरीको टोलीले कुटपिट गर्ने दुवै दाजुभाइलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here