मेचीनगर नगरपालिकाका प्रमुख र उपपमुखसहित १४ जनाले फिर्ता गरे वेरुजु रकम

0
592

लक्ष्मी उप्रेती / मेचीनगर ।

मेचीनगर नगरपालिका प्रमुख तथा उपप्रमुखले आफ्नो नाममा देखिएको बेरुजु रकम फिर्ता गर्नुभएको छ । नगरप्रमुख विमल आचार्यले १ लाख ७६ हजार ५ सय तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले १ लाख ५४ हजार बेरुजु रकम वंैक मार्फत जम्मा गरी फिर्ता गर्नुभएको होे । नगरपालिकाका आर्थिक प्रशासन प्रमुख लेखा अधिकृत पदमबहादुर कार्कीका अनुसार हालसम्म कार्यालयमा ९ लाख ६० हजार ५ वेरुजु रकम फिर्ता भएको छ ।

नगरपालिकाको नगरसभाबाट निर्णय गरेर जनप्रतिनिधिहरुले लिएको मासिक पारिश्रमिक तथा भत्तावापतको रकम प्रदेश कानुन निर्माणपछि स्थानीय तहका जनप्रतिनिधिहरुको नाममा देखिएको बेरुजु थियो ।

यसै क्रममा नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, वडासदस्य तथा कार्यपालिका सदस्यगरी कुल ८० जनाको नाममा ४२ लाख ८० हजार ५ सय रुपैयाँ बेरुजु रकम देखिएको थियो । अब ६६ जना जनप्रतिनिधिहरुबाट ३३ लाख २० हजार वेरुजु फिर्तागर्न बाकी रहेको कार्यालयले जनाएको छ ।

कार्कीका अनुसार नगरपालिकाका ८० जना जनप्रतिनिधिहरुमध्ये नगर प्रमुख उपप्रमुखसहित ७ जना वडाध्यक्ष तथा ४ जना वडा सदस्यहरुले आ आफ्नो नाममा देखिएको बेरुजु देखिएको रकम फिर्ता गर्नुभएको हो ।

वडानम्बर १ का वडाध्यक्ष पासाङ्ग तामाङ, ३ का वडाध्यक्ष हर्कबहादुर वस्नेत, ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, ९ का वडाध्यक्ष गोपाल खड्का, ११ का वडाध्यक्ष सन्तोष मेचे, १२ का वडाध्यक्ष नरेन्द्र धिमाल, १४ का वडाध्यक्ष शंकरप्रसाद पोखरेलेले जनही ६५ हजार रुपैयाँका दरले ४ लाख ५५ हजार वेरुजु रकम फिर्ता गर्नुभएको नगरपालिकाका सूचना अधिकृत समेत रहनुभएका कार्कीले जानकारी दिनुभयो । वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले गतसालनै आफ्नो नामको रकम फिर्ता गर्नुभएको थियो ।

यसैगरी, वेरुजु रकम फिर्ता गर्नुहुने वडासदस्यहरुमा वडानम्बर ३ का छोटबहादुर राई, रीता थापा, ६ का देविप्रसाद सुवेदी, ८ का सन्तोष मेचे, १० का इन्द्र प्रधान रहनु भएको छ । प्रत्येक वडा सदस्यहरुको नाममा ३५ हजार रुपैयाँका दरले वेरुजु रकम देखिएको थियो । ५ जना वडा सदस्यहरुबाट १ लाख ७५ हजार रुपैयाँ जम्मा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here