सन्थाल समुदायका लागि नमूना बस्ती

0
706

झापा।

झापाको भारतीय सीमासँग जोडिएको पुरानो सदरमुकाम झापा गाउँपालिकाका सन्थाल समुदायलाई लक्षित गरी नमूना बस्ती निर्माण गरिएको छ । तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गत सन्थालका लागि २० वटा घरको सामुहिक बस्ती निर्माण गरिएको हो ।

गाउँपालिकाको वडा नं. १, २ र ५मा बाक्लो बस्ती रहेका दैनिक ज्यालादारी गरेर गुजारा गर्ने विपन्न सन्थालहरुको लागि बनाइएको नमूना बस्तीले उनीहरुलाई राहत भएको छ । बर्षात्मा भेलबाढी र पानी पर्दा रात कटाउन समस्या हुने भएकोले नमूना बस्तीले धेरै सहज भएको स्थानीय फूलमुनि सन्थालले बताइन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत तराई मधेश समृद्धि कार्यक्रमको ९२ लाख रुपैयाँको बजेटमा निर्माण गरिएको बस्तीमा गाउँपालिकाको वडा नं. २का अतिविपन्न सन्थाललाई चाँडै स्थानान्तरण गरिने सो वडाका अध्यक्ष नेत्रबहादुर खड्काले बताए ।

हालसम्म झापा जिल्लामा एक हजारमध्ये जनता आवास कार्यक्रम अन्तर्गत ४ सय घर निर्माण भइसकेको सघन शहरी तथा भवन निर्माण आयोजना झापाले जनाएको छ । निर्माणाधीन घरमा बस्न पाएका विपन्न दलित, सीमान्तकृत, लोपोन्मुख समुदायहरु खुशी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here