सडक निर्माणमा स्थानिय जुटे

0
371

विर्तामोड ।

झापाको बिर्तामोड ५ धर्मकाँटा रोड नं २ को सडक निर्माण गरिने भएको छ । सडक निर्माण गर्न स्थानियवासी जुटेपछि सडक निर्माण गरिने भएको हो ।

सडक निर्माण गर्न स्थानियवासीले पारस संग्रौलाको अध्यक्षतामा सडक निर्माण उपभोक्ता समिति निर्माण गरेका छन् । नवगठित समितिको उपाध्यक्ष खड्गबहादुर थापा , सचिव मुखीलाल बराइली, कोषाध्यक्ष कल्पना आचार्य रहेका छन् ।
त्यस्तै सदस्यहरुमा फडिन्द्रराज न्यौपाने , श्यामकुमार लिम्वु, इन्द्रकला भट्टराई , कुलवहादुर खड्का, शान्ता अधिकारी , शुशिला ढुङ्गेल, खगेन्द्र इङ्नाम रहेका छन् ।

त्यस्तै सडक निर्माणलाई चुस्त दुरुस्त बनाउन गणेशप्रसाद पोखरेलको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । सदस्यहरुमा गोपालप्रसाद बजगाईं , तुलसी गुरागाईं, पदम सुवेदी,र पिङ्गला कट्टेल रहेका छन् ।

दुवैतर्फ नाला निर्माण गरेर सडक बिर्तामोडकै नमूना बनाइने सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस संग्रौलाले बताए । नालासहितको सडक ४२ लाख रुपैयाँमा निर्माण गरिने र जसका लागि वडाले विनियोजन गरेको १० लाख , बिर्तामोड नगरपालिकाको २० लाख ,उपभोक्तासहितको जनश्रमदान १२ लाख गरेर ४२ लाख रुपैयाँमा सडक निर्माण गरिने उनले बताए ।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस संग्रौलाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागतसहित औचित्यमाथी फडिन्द्रराज न्यौपानेले प्रकाश पारेका थिए ।

कार्यक्रममा बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्र लिङ्देनले सडक निर्माणमा सहयोग पुर्याउन सवैसंग आग्रह गरे । कार्यक्रममा बिर्तामोड १ का बडासदस्य प्रेम खरेल , बिर्तामोड ५ का बडासदस्यहरु डिआर कडरिया , भावना घिमिरे ,लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन खड्गबहादुर थापाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here