नवनियुक्त मन्त्रीहरुले लिए सपथ

0
1730

काठमाण्डौ,

नवनियुक्त मन्त्रीहरुले बिहीबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त छ जना मन्त्री र तीन जना राज्यमन्त्रीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शीतलनिवासमा सपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित भएका थिए । शपथपछि नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयको कार्यभार सम्हालेर काम गर्न बाटो खुलेको छ ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास, लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, रामेश्वरराय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात र पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

यस्तै, मोतिलाल दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति, रामवीर मानन्धरलाई शहरी विकाश र नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री  जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री ओलीले यसअघि कानून मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य र स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कानून मन्त्रीका रुपमा जिम्मेवारी हेरफेरको जिम्मेवारी दिनुभएको थियो ।

मन्त्रिपरिषद् पुनर्गठन हुँदा गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव, चक्रपाणी खनाल, रघुवीर महासेठ, थममाया थापा मन्त्रीबाट तथा रामकुमारी चौधरी, डाक्टर सुरेन्द्र यादव र धनबहादुर बुढा राज्यमन्त्रीबाट बाहिरिनुभएको छ ।-उज्यालोबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here