विश्व शान्तिको कामना गर्दै सिंहवाहिनीमा पद्म महायज्ञ

0
734

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ रातेखालमा रहेको सिंहवाहिनी देवी भद्रकाली शक्तिपीठमा यही मंसिर १५ गतेदेखि २६ गतेसम्म पद्म महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

१८औं अनुष्ठानको अवसरमा हुन लागेको उक्त महायज्ञ विश्व शान्तिको कामनासँगै सम्पूर्ण प्राणी जगतको कल्याण होस् भन्ने उद्धेश्यले आयोजना गरिएको बिहीबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।

महायज्ञ आयोजना गर्न शनिश्चरे माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुको समूह “हामी ३८ से”का संयोजक शेखर प्रधानको संयोजकत्वमा २५१ सदस्यीय महायज्ञ आयोजक समिति गठन गरिएको शक्तिपीठ व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।

त्यसैगरी यामबहादुर अधिकारीको संयोजकत्वमा आर्थिक उपसमिति, भूपाल कार्कीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सुरेन्द्र खोयाहाङको संयोजकत्वमा सुरक्षा उपसमिति, रञ्जित डाँगीको संयोजकत्वमा खाद्यान्न उपसमिति, धनबहादुर राईको संयोजकत्वमा पुजा व्यवस्थापन उपसमिति, डिल्ली तामाङको संयोजकत्वमा साउण्ड सिस्टम व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

प्रमुख कथा वाचक पण्डित होमनाथ खनाल रहेको महायज्ञमा उपवाचकहरु आचार्य पण्डित अनुप खनाल, पण्डित विवेक अधिकारी र पण्डित वालकृष्ण दाहालले पाठ पारायण गर्ने बताइएको छ । महायज्ञबाट संकलन भएको रकमले शक्तिपीठलाई आवश्यक भूमि विस्तार तथा परिसर घेराबारा गर्ने लक्ष्य समितिको रहेको कोषाध्यक्ष कोशी राईले जानकारी दिइन् । महायज्ञ सम्पन्न गर्न अनुमानित पाँच लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ ।

अध्यक्ष अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा महायज्ञ आयोजक समितिका सचिव घनेन्द्र बुढाथोकी, आर्थिक उपसमितिका संयोजक अधिकारी, साउण्ड सिस्टम व्यवस्थापन उपसमितिका संयोजक तामाङलगायतले महायज्ञको विषयमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन समितिकी सचिव जमुना थपलियाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here