कञ्चनगढमा कञ्चन जलढाला धार्मिक मेला

0
596

विर्तामोड ।

झापाको बाह्रदशी– ६ कञ्चनगढधाम साधुकुटीस्थित गौरीशंकर गायत्रीस्वरुपाश्रम एवम् गौरीशंकर गायत्रीस्वरुप गुरुकुलमा बिहीबारबाट कञ्चन जलढाला धार्मिक मेला शुरु भएको छ ।

वि.स. २०२७ (२०२८ सालसम्म उक्त क्षेत्रमा कञ्चन जलढाला धार्मिक मेला सञ्चालन गर्दै आएपनि सुरक्षाको कारण देखाउँदै मेला स्थगीत गरिएको र गतवर्षदेखि मेला पुःन शुरु गरिएको संस्थाका अध्यक्ष ज्ञानु सुवेदीले बताए ।

पहिले पहिले उक्त क्षेत्रमा जंगल भएकाले जंगली जनावरको डर र त्रासले मेला भर्न नेपाल तथा भारतबाट आउने दर्शनार्थी असुरक्षित महसुस गर्दै आउन छाडेपछि मेला स्थगीत गरिएको र हाल उक्त क्षेत्र धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित हुँदैगएपछि मेला पुःन शुरु गरिएको उनले बताए ।

त्यहाँ गत आइतबारबाट सञ्चालन भइरहेको श्रीमद् आनन्द रामायण नवाह धान्याचल विराट ज्ञान महायज्ञको अवसरमा मेला शुर गरिएको संस्थाका अध्यक्ष सुवेदीले बताए । आगामी मंसीर ९ गतेसम्म सञ्चालन हुने मेलामा शिवजीलाई जल चढाउने कार्यक्रम रहेको उनले बताए ।

त्यस्तै मेलामा पिङ , विभिन्न प्रकारका खेलका सामग्री , व्यापारिक स्टल लगायत रहने र मेला भर्न नेपाल तथा भारतबाट दर्शनाथी आउने उनले जानकारी दिए ।

गत आइतबारबाट सञ्चालन भइरहेको श्रीमद् आनन्द रामायण नवाह धान्याचल विराट ज्ञान महायज्ञमा आउने भक्तजनको संख्यामा उल्लेख्य वृद्धि भएको र श्रीराम कथा प्रवचन संगै झाँकी र सत्संग भजन कीर्तन भइरहेको उनले जानकारी दिए ।

श्रीमद् आनन्द रामायण नवाह धान्याञ्चल विराट ज्ञान महायज्ञको प्रमुख कथावाचन शंकराचार्य पीठ साधुटारका आचार्य छन्दुराम भण्डारी र पाठ पारायण आचार्य मनोज खतिवडाले गरिरहेको संस्थाका सदस्य धर्मप्रसाद चापागाईंले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here