पर्यटकको चहलपहलसँगै सडकको स्तरोन्नति

0
488

दैलेख,

पर्यटकको चहलपहलसँगै निकै महत्वपूर्ण मानिएको माहाबुधाम सड्कको स्तरोन्नति हुँदै छ । दैलेख र कालीकोटको सिमानामा पर्ने समुद्र सतहदेखि तीन हजार ८०० मिटर उचाइमा कच्ची सडक पुगेको छ ।

सडकको स्तरोन्नति भए १२ महिना नै आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने देखिन्छ भने कर्णाली राजमार्गको जोखिम र लामो यात्राको दुरी घट्ने देखिन्छ । दैलेख र कालीकोटको सिमानासम्मका लागि सहज यातायात सुविधा प्रदान गर्न समुद्री सतहदेखि तीन हजार ८०० मिटर उचाइमा रहेको यो पर्यटकीय सडक निर्माणको शुरुवात विगत दश वर्षदेखि गरिएको हो ।

पर्यटकीय गन्तव्य मानिएको कच्ची सडक अवका केही वर्षमै चार हजार २०० मिटर उचाइमा रहेको माहाबुधाममै पु¥याएरै छोड्ने योजनाका साथ निरन्तर लागिरहेकोे प्रतिनिधिसभा सदस्य रवीन्द्र शर्माले बताउनुभयो । तत्कालीन जिल्ला विकास समितिमार्फत सञ्चालन भएको ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत दैलेखदेखि महाबुसम्मको ४२ किलोमिटर सडक निर्माण कार्यका लागि करीब रु १० करोड बढीखर्च भइसकेको जिल्ला समन्वय समिति दैलेखले जानकारी दिएको छ । अहिले कच्ची सडकमार्फत दैलेखदेखि कालीकोटको गाल्जेसम्म यात्रा गर्न सकिन्छ ।

साना जीप र ट्र्याक्टर आवतजावत हुने गरेका छन् । कच्ची सडकमा धेरैजसो रातो माटो भएकाले सामान्य पानी पर्दा पनि सवारी साधन चिप्लने समस्याले यो सडकमा यात्र गर्ने पर्यटक र यात्रुहरु निकै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता रहेको भए पनि यो वर्षबाट सरकारले सडकको स्तरोन्नति गर्ने भएपछि यहाँको व्यापार व्यवसायमा समेत निकै सकारात्मक प्रभाव पर्ने दैलेख उद्योग वाणिज्य सङ्घले जानकारी दिएको छ ।

नेपाल सरकारले गतवर्षदेखि पहिलो प्राथमिकतामा राखेको कर्णाली प्रदेशको सुर्खेत दैलेख सदरमुकाम महाबुलेक कालीकोट जुम्ला , हुम्ला, मुगुहुँदै चीनको नाकासम्म जोड्ने त्रिदेशिय सडकका लागि यो वर्ष विनियोजन भएको रु ५२ करोडमध्ये दैलेखको काँडाचौरबाट सडक स्तरोन्नतिको काम शुरु हुने प्रदेशसभा सदस्य अमरबहादुर थापाले जानकारी दिनुभयो । यसका लागि आफू लगातार मन्त्रालयसँग समन्वय गरिरहेको र यो विनियोजित योजना भित्र्याएका केही समयभित्र ठेक्का खोल्ने जानकारी थापाले दिनुभयो ।

दैलेख र कालिकोटको सिमानाको महाबु सडकको स्तरोन्नति भए चार हजार २०० मिटर अग्लो स्थानमा रहेको धार्मिक पर्यटकीय क्षेत्रमहावु धामको सुन्दरता हेर्न सबै सिजनमा पर्यटकको आगमन हुने देखिन्छ । हरियाली फाँट भएकोले पाटनमा भेडा चरन सँगै विभिन्न जातका जडीबुटीको उत्पादनबाट स्थानीयवासीले मनग्य आम्दानी लिनसक्ने जिल्ला समन्वय समिति दैलेखका प्रेमबहादुर थापाले जानकारी दिनुभयो ।

दैलेख सदरमुकाम महाबु र कालीकोटको गाल्जे हुँदै जुम्ला सडक जोडिन सके अहिले कर्णाली राजमार्गको जोखिमयात्रा न्यूनीकरण हुनुको साथै ७९ किलोमिटर सडक छोटो हुने र सामान ढुवानी र यात्रुहरुलाई समेत भाडादरमा कमी हुने देखिन्छ । पर्यटक दिनप्रतिदिन बढ्दै गएको भए पनि यहाँ पुग्ने सडकको स्तरोन्नति छिटो व्यवस्थित हुनुपर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here