निःशन्तानका लागि एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर

0
441

 

बिर्तामोड, झापाको बिर्तामोडमा महिलाहरुका लागि बाँझोपन सम्वन्धि एक दिवसिय निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिकाको आर्थिक सहयोग र नेपाल नर्सिङ संघ झापा र कञ्चनजंघा इन्टिच्युट अफ हेल्थ साइन्सको आयोजनामा भएको शिविरमा विर्तामोड सहित पूर्वका निशन्ततान दम्पत्तिले स्वास्थ्य जाँच गराउँदै बाँझोपन सम्वन्धि परामर्श लिएका छन् । गाइनो इन फटिलीटी आइभिएफ हर्मन युनिर्भसिटी हस्पिटल लण्डनममा कार्यरत डा आरोहण सापकोटाले शिविरमा सेवा परामर्श सहितको सेवा दिएका थिए ।

सामान्यतया दम्पतीले एक वर्षसम्म परिवारनियोजनको कुनै पनि साधनको प्रयोगविना शारीरिक सम्बन्ध राख्दा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन भन्ने गरिन्छ । प्राइमरी तथा सेकेन्डरी गरी बाँझोपन दुई प्रकारका हुन्छन् । बाँझोपनका कारण अहिलेपनि समाजमा धेरै मनिस पीडित छन् । अझ महिलाको बाँझोपनलाई त समाजबाटै तिरस्कार गर्न खोजिन्छ । महिलाको बाँझोपनलाई समाजको अगाडि उभ्याउने र पुरुषको बाँझोपनलाई नजरअन्दाज गरेको पनि भेटिन्छ । पछिल्लो समय बाँझोपनका समस्या भएका मानिसको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको डा सापकोटााले बताएका छन् । बाँझोपन रोग नभई लक्षण मात्रै हो उनले भने तर, बाँझोपनका कारण पछिल्लो समय धेरै मानिस पीडित छन् । लगभग ८५ प्रतिशत दम्पतिमा विवाहको पहिलो वर्षमै कोसिस गरेमा बच्चा हुने सफलता हुन्छ भने यसमध्ये ७ प्रतिशत दम्पतिमा विवाहको दोस्रो वर्षमा बच्चा हुने समभावाना हुन्छ। बाँकी १५ प्रतिशत लाई बाँझोपनमा राख्न सकिने एक अध्ययनले देखाएको छ ।

नेपाल नर्सिङ संघ झापाकी अध्यक्ष रुची शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमा शिवाकोटीले गरेका थिए । नर्सिङ संघ झापाकी कोषाध्यक्ष सुस्मिता मैनालीले स्वागत गरेको कार्यक्रममा बिर्तामोड ननगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईले बोल्दै निःसन्तानको समस्या दिन प्रतिदिन बढ्दै गएको प्रति चिन्ता व्यक्त गरिन ।

अत्याधिक धूम्रपान तथा मदिराको सेवनले पुरुषमा शुक्रकिटको मात्रा उत्पादनमा कमी आउने र महिलामा पनि गर्भ नरहनुमा उत्तिकै भूमिका खेल्ने हुँदा खान पानमा ध्यान दिन नसक्दा समस्या देखिने कार्यक्रममा जानकारी गराइएको छ । मोटोपन, खानपानको कमी, जंक फुडको बढी प्रयोग आदि का।रणले पनि मानसिक तनावले गर्दा पनि बाँझोपन हुने बताइएको छ । बाँझोपन कुनै जन्मैदेखि नै हुन्छ भने कुनै बाँझोपन पछि मात्रै हुने गरेको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा उपयुक्त परामर्शरकाउन्सेल्लिङले पनि वाँझोपनको समस्यालाई रोकथाम गर्न सकिने डा सापकोटाले बताए । उनले निःसन्तान दम्पतिलाई डाक्टर स्वयंले परामर्श र काउन्सेलिङ प्रदान गर्नुपर्छ। आवश्यक परेको अवस्थामा निःसन्तान दम्पतिको घर–परिवार सहितलाई पनि काउन्सेल्लिङ गर्नुपर्ने हुन्छ भनने । औषधि पद्धतिद्वारा उपचार र मेडिकल थेरापीको माध्यममबाट पनि समस्या हल गर्न सकिने बताँदै महिलामा अन्डाको मात्रा बढाउन र ओभुलेसन गराउन गोनाडोत्रोफिन औषधि प्रयोग गरिन्छ जसले केही मात्रामा बाँझोपन कम गर्न सहयोग पुर्‍याउँछ। त्यसैगरी पुरुषको निम्ति केही प्रकारका औषधि उपलब्ध छन् जस्ले शुक्रकिटको मात्रा बढाउन मद्दत गर्दछ (ऐन्टी अक्सिडेन्ट, भिटामिन) आवश्यक पर्छ भने । उनले आइयुआईरआइभिएफ प्रविधिबााट पनि निःशन्तानको समस्या हल गर्न सकिने धारणा राखे । उनले आइयुआई भन्नाले पुरुषको विर्यलाई चालेर महिलाको पाठेघरमा सिधै राख्ने प्रक्रिया हो । यो करिब २० प्रतिसतमा सफल हुन्छ र ४–६ पटकसम्म गर्न सकिन्छ। आइभिएफ प्रविधिमा महिलाको डिम्बासयबाट डिम्बलाई अलग गरी शरीर बाहिर ल्याबमा पुरुषको शुक्रकिटसँग निषेचित (फर्टिलाइज) गरिन्छ। त्यसपछि तयार भएकोे भ्रुणलाई महिलाको पाठेघरमा प्रत्यारोपित गरिन्छ। यस प्रविधिको मद्दतबाट निषेचनको प्रक्रिया त्यो महिलामा पनि गर्न मिल्छ, जसको श्रीमानमा शुक्रिकटको मात्रा धेरै कम भएकोे पाइन्छ। यो साधारणतया ४०–५० प्रतिशत व्यक्तिमा सफल हुन्छ। त्यस्तै शल्यक्रिया, ल्याप्रोस्कोपिक हिस्टेरोस्कोपिक प्रविधिबाट पाठेघरभित्र रहेका साना ट्युमर हिस्टेरोस्कोपको माध्यमबाट (पाठेघरभित्र भिडियो पठाई शल्यक्रिया) बिना पेट खोली योनाङ्गको बाटोबाट निकालिन्छ भन्दै जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन संचारकर्मी स्वस्तिका आचार्यले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here